Wednesday, July 15, 2020

Life= Desires+ Decisions+ Actions !!

Life is the sum total of the desires that you have, the decisions that you make and the actions that you take. 

so let's take a decision even though you feel uncomfortable. you can be right or wrong. if you are right/ win that great of you are wrong then learn from it and move on. cause life is to short to worry all the time. 



Thank you for your time and effort to read. 
you have a wonderful day/ night ahead.
Thank you


Saturday, March 28, 2020

Steem


Welcome to the STEEM!!
I hope you having a great day.I am also new to steemit and learning about steem too. Here is something that will help you to get more steem and make it easy to use

Partiko
Partiko is a app which is very fast, and you can earn partiko points too. if you wanna give it a go then here is a link to download the Partiko app

You will get extra 3500 partiko points which you can transfer to steem.

2nd  is Actifit app it helps you do excercise and get an upvote, steam 
here is a link to download the actifit app

Today, you are getting upvote from me. And to get more random upvote, don't forget to follow me.

If you want to get upvotes every day then don't forget to join curation trail of @sharingiscaring1 at steemauto.com

here is the link for setup

The official FAQ can be found here and it has lot of about information

If you need any help I'm just a message away.
let me know if you got any helpful things
Thank you
@aekraj
If Follow me = get more random upvotes @aekraj

how to find job at brisbane, QLD, Australia


List of web site to find job 

Not try every one and again and again untill get job, it can be at same or others.

1. https://au.jora.com/
2. https://au.indeed.com/
3.kellyservices.com.au
6.http://www.laboursolutions.com.au For labour job
7.https://www.programmed.com.au/careers/



Mental health check in

Main articles


https://convergeintl.goodbarber.app/articles-blogs/i/19562836/mental-health-check




it's important to be aware of the responsibility that comes with asking someone if they are OK and if they need support: if their answer is "No, I'm not OK. Yes, I need some help." you need to be ready to offer that support. Also, before you ask someone if they are OK, you need to be sure that you are OK, ask yourself if you are in the right headspace to have the conversation, if you are the right/ best person to be asking the question or if you think that there is someone else in their network that might be better suited to bringing up concerns about their mental health. The RUOK Day website features some useful tips on asking someone else about

how they are feeling. Before you have the conversation, ask yourself:

Am I ready?:

• Am l in a good headspace?

• Am I willing to genuinely listen to my colleague/friend?

. Can I give them as much time as they need?

Am I prepared?:

• Do Understand that if I ask someone if they are OK, their answer might be "No, I am not"?

• Am I ready to hear their response if they are not OK?

• Do I know what to do next if someone tells me that they are not OK?

• Do Understand that I am not the right person to offer specific advice and support on 'fixing someone's mental health problems?

• Do I know who to refer them to if they need specialist help?

• Will I accept that they might not be ready or willing to talk to me?

Have I picked the best moment?:

• Are we somewhere relatively private where our conversation won't be overheard?

• Is this a good time for them to talk?

• Have allowed enough time to have a discussion?

Monday, July 31, 2017

यातायात व्यवस्था कार्यालय एकान्तको कार्यालय प्रमुखको फोन नम्बर

9851176925 yatayat byawastha karya laya ekantakuna/ akantakuna ko pramukha hakim ko number

यातायात व्यवस्था कार्यालय एकान्तको कार्यालय प्रमुखको फोन नम्बर  ९८५११७६९२५ 

Request all you to watch and share this video of Bhutan PM's speech,


Saturday, July 8, 2017

8 Goals of human life

1. health
2. family
3. friends
4. society 
5. carrier 
6. education
7. finance


8. spiritual 

Saturday, April 22, 2017

बच्चालाई कसरी हुर्काउने र पढाउने ? टिप्स

बच्चालाई कसरी हुर्काउने र पढाउने ? गिजुभाईका १८ टिप्स

घरमा बिग्रेको बच्चालाई भगवानले पनि सुधार्न सक्दैनन् !


बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।
भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाई बधेका (सन् १८८५-१९३९) ले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।
पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।
बालबालिकालाई कसरी हुर्काउने र कसरी शिक्षा दिने भन्ने उल्लेख गर्दै गिजुभाईले औंल्याएका केही बुँदा शिक्षा विमर्श नामक ब्लगबाट अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ ।
  • आफैं गर्न दिनुस्
बच्चालाई आफैं काम गर्ने सोख हुन्छ ।
उसलाई रुमाल धुन दिनुस् ।
उसलाई भाँडामा पानी भर्न दिनुस् ।
उसलाई फूल सजाउन दिनुस् ।
उसलाई कचौरा मस्काउन दिनुस् ।
उसलाई मटरकोसाको दाना निकाल्न दिनुस् ।
उसलाई खानेकुरा पस्किन दिनुस् ।
बच्चालाई सारा काम आफैं गर्न दिनुस् ।
उसको आफ्नो मर्जीले गर्न दिनुस् ।
उसको आफ्नो ढंगले गर्न दिनुस् ।
  • पहिचान
हाम्रो आँखामा अमृत छ वा विष,
हाम्रो बोलीमा मिठास छ या टर्रोपन,
हाम्रो स्पर्शमा कोमलता छ वा कठोरता,
हाम्रो मनमा शान्ति छ वा अशान्ति,
हाम्रो मनमा आदर छ वा अनादर,
बच्चा यी कुरा तुरुन्तै पत्ता लगाउँछन् ।
बच्चा हामीलाई एकदम जानिसक्छन् ।
  • दुश्मन
‘सुत, नत्र अहिले बाबाजीले पक्रेर लैजान्छ !’
‘खाऊ, नत्र चोरले लिएर जान्छ ।’
‘बाघ आयो !’
‘बाबाजी आयो !’
‘पुलिस आयो !’
‘चुप लाग, नभए कोठामा बन्द गरेर राख्छु ।’
‘पढ्न बस, नत्र पिट्छु ।’
जो यसरी बच्चालाई डर देखाउँछन्, उनीहरु बच्चाहरुका दुश्मन हुन् ।
  • पृथ्वीमा स्वर्ग
यदि हामीले बच्चाहरुलाई आफ्नो घरमा उचित स्थान दियौं भने,
हाम्रो पृथ्वीमा नै स्वर्गको सृष्टि हुन सक्छ ।
स्वर्ग बच्चाको सुखमा छ ।
स्वर्ग बच्चाको स्वास्थ्यमा छ ।
स्वर्ग बच्चाको प्रसन्नतामा छ ।
स्वर्ग बच्चाको निर्दोष मस्तीमा छ ।
स्वर्ग बच्चाको गीत र गुनगुनाइमा छ ।
  • महान् आत्मा
बच्चाको शरीर सानो छ, तर उसको आत्मा महान् छ ।
बच्चाको शरीर बढ्दो छ ।
बच्चाको शक्ति विकासशील छ ।
तर, उसको आत्मा त पूर्ण छ ।
हामी त्यो आत्मालाई सम्मान गरौं ।
आफ्नो गलत रीति र नीतिबाट हामी बच्चाहरुको शुद्ध आत्मालाई प्रदुषित नपारौं ।
  • जानीराखौं
बच्चा सम्पूर्ण मनुष्य हो ।
बच्चामा बु​द्धि छ, भावना छ, मन छ, आफ्नो बुझाइ छ ।
बच्चामा भाव र अभाव छ, रुचि र अरुचि छ ।
हामी बच्चाका इच्छाहरु चिनौं ।
हामी बच्चाका भावनाहरुलाई सम्झौं ।
बच्चा अबोध र निर्दोष छ ।
आफ्नो अहंकारका कारण हामी बच्चालाई तिरस्कार नगरौं ।
आफ्नो अभिमानका कारण हामी बच्चाको अपमान नगरौं ।
  • चाहना
बच्चालाई आफैंले खानु छ, तपाई उसलाई नख्वाउनुस् ।
बच्चालाई आफैं नुहाउनु छ, तपाईं उसलाई ननुहाइदिनुस् ।
बच्चालाई आफैं हिँड्नु छ, तपाईं उसको हात नसमात्नुस् ।
बच्चालाई आफैं गाउनु छ, तपाईं उसलाई गाउन नलगाउनुस् ।
बच्चालाई आफैं खेल्नु छ, तपाईं उसको बीचमा नआउनुस् ।
किनकि बच्चा स्वावलम्बन चाहन्छ ।
  • यति पनि नगर्ने ?
गाना-बजाना गर्ने ठाउँमा जान छोडेर बच्चालाई बगैंचामा लैजानुस् ।
गफमा अल्झिनुको साटो बच्चालाई चिडियाखाना देखाउन लैजानुस् ।
अखबारमा मात्र अलमलिएर नबसीको बच्चाको कुरा पनि सुन्नुस् ।
राति सुत्ने समयमा बच्चालाई असल कहानीहरु सुनाउनुस् ।
बच्चाको हरेक काममा गहिरो चासो देखाउनुस् ।
  • आत्मसुधार
बच्चालाई यस कारण सम्मान गर्नुस्, ताकि हामीमा आत्मसम्मानको भावना जागोस् ।
बच्चालाई गाली गर्ने, तर्साउने नगर्नुस्,
जसले गर्दा गाली गर्ने र तर्साउने हाम्रो खराब बानी छुट्दै जाओस् ।
बच्चालाई नपिट्नुस्,
जसले गर्दा मारपिट गर्ने हाम्रो पशु–वृत्ति नष्ट हुन सकोस् ।
यसरी आफूलाई सुधारेर नै हामी आफ्ना बच्चालाई सही रुपमा विकास गर्न सक्छौं ।
  • डर र लोभ
आमा, बुवा र शिक्षकले बुझिराख्नुस्
पिटेर वा लोभ देखाएर बच्चा सुध्रिन सक्दैनन्,
बरु उल्टै बिग्रिँदै जान्छन् ।
पिटेपछि बच्चामा झन् उग्र भावना बढ्छ ।
लोभ देखाउँदा बच्चा लालची बन्छन् ।
डर र लोभका कारण बच्चा निर्लज्ज, थेत्तरो, जिद्दी र दीन-हीन बन्छन् ।
  • सुन्दर संसार: घर
यदि आमा-बुवाले आफूले जस्तोसुकै आचरण गरे पनि
आफ्नो बच्चालाई संस्कारी बनाउन सकिन्छ भन्ने सोच्छन् भने,
त्यो ठूलो भूल हो ।
आमा-बुवा र घर, दुइटै संसारको
सबैभन्दा ठूलो र शक्तिशाली चिजहरु हुन् ।
घरमा बिग्रेको बच्चालाई भगवान् पनि सुधार्न सक्दैनन् !
  • प्रकृतिको उपहार
प्रकृतिबाट टाढा रहने बच्चाले प्रकृतिको विविधताबारे कसरी थाहा पाओस् !
झलमल्ल चन्द्रमा, कलकल बग्ने नदी,
खेतको माटो,
परालको घर, पहाडको ढुंगा, आकाशको रंग र खुला हावा,
यी सबै ती उपहार हुन्, जुन बच्चालाई प्रकृतिबाट प्राप्त भएका हुन् ।
बच्चालाई मन लागुन्जेल प्रकृतिको आनन्द लुट्न दिनुस् ।
  • गतिमान
बच्चा पल–पलमा बढ्ने प्राणी हो ।
बच्चाको दृष्टि हर समय प्रश्न सोध्ने खालको हुन्छ ।
बालकको हृदय केही बोलिरहने खालको हुन्छ ।
बच्चचाको व्याकरणमा प्रश्न र बोली हुन्छ ।
तर पूर्णविराम कतै पनि हुँदैन ।
बच्चाको अर्थ हो, निरन्तर गति-
जहाँ अल्पविराम समेत हुँदैन ।
  • झैझगडा
आमा-बुवा र अरु ठूला मान्छेको झगडाको कारण
घरको वातावरण प्राय: अशान्त रहने गर्छ ।
यसले गर्दा बच्चा निकै दिक्क हुने गर्छन् ।
अरु केहीका लागि नभए पनि आफ्नो बच्चाका लागि भए पनि
हामी घरमा मिजासिलो रुपमा जीवन जिउन सिकौं ।
घरको शान्त र सुखी वातावरणमा नै
बच्चाको राम्रो शिक्षा पाउन सक्छ ।
  • जीवित ग्रन्थ
जो पुस्तक पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षक बन्छन् ।
जो बच्चालाई पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षाशास्त्री बन्छन् ।
शिक्षाशास्त्रीको लागि प्रत्येक बच्चा
एक समर्थ, अद्वितीय र जीवित ग्रन्थ हुन् ।
  • बालकको शक्ति
तपाईं सारा संसारलाई धोका दिन सक्नुहुन्छ,
तर, आफ्ना बच्चाहरुलाई धोका दिन सक्नुहुन्न ।
तपाईं सबैलाई मूर्ख बनाउन सक्नुहुन्छ,
तर, आफ्ना बच्चाहरुलाई कहिल्यै मूर्ख बनाउन सक्नुहुन्न ।
तपाईं सबैलाई सबथोक लुकाउन सक्नुहुन्छ,
तर, आफ्ना बच्चाहरुलाई केही पनि लुकाउन सक्नुहुन्न ।
बच्चा सर्वज्ञ हुन्छन्, सर्वव्यापी हुन्छन्, सर्वशक्तिमान हुन्छन् ।
  • गफ दिनु बेकार छ
हामीले पढ्ने, सोच्ने र लेख्ने काम गर्दैमा
हाम्रो काम पूरा हुन्छ त ?
हुँदैन, हामीले त शिक्षाको नयाँ-नयाँ मन्दिरको निर्माण गर्नु छ,
र ती मन्दिरमा अहिलेसम्म अपुज्य रहेकी सरस्वती देवीको स्थापना गर्नु छ ।
बच्चाहरुको लागि नयाँ युगको आरम्भ भएको छ ।
केवल गफ गरेर केही पनि हुँदैन ।
केही गर्नुस् ! केही गराउनुस् !!
  • चैन कसरी मिलोस् ?
जबसम्म बच्चाहरुले घरमा पिटाइ खान्छ,
र, विद्यालयमा गाली सुन्छ
तबसम्म मलाई चैन कसरी मिलोस् ?
जबसम्म बच्चाहरुका लागि विद्यालय, पुस्तकालय, बगैंचा र खेलमैदान बन्दैन,
तबसम्म मलाई चैन कसरी मिलोस् ?
जबसम्म बच्चाहरुलाई प्रेम र सम्मान मिल्दैन, तबसम्म मलाई चैन कसरी मिलोस् ?
  • गिजुभाईका कुरा
बच्चाहरुले प्रेम दिएर मलाई समृद्ध बनाए ।
बच्चाहरुले मलाई नयाँ जीवन दिए ।
बच्चाहरुलाई सिकाउने क्रममा मैले पनि धेरै सिकेँ ।
बच्चाहरुलाई पढाउने क्रममा मैले पनि निकै पढेँ ।
बच्चाहरुको गुरु बनेर मैले उनीहरुको गुरु-पद बुझ्न सकेँ ।
यो कुनै कविता होइन,
यो त मेरो अनुभवका कुरा हुन् ।
२०७४ वैशाख ९ गते १६:०७ मा प्रकाशित

Friday, April 21, 2017

माछामासु खान बन्द गर्नुहोस् !


४० वर्ष पुग्नु भो ? माछामासु खान बन्द गर्नुहोस् !

डा. सुन्दरमणि दीक्षितको कडा सुझाव छ- ‘मासु नखानोस् । आन्द्राको क्यान्सर मासुबाटै हुन्छ, कोलस्टोर बढ्ने मासुबाटै हो, हार्ट एट्याक कोलस्टोरबाटै बढ्छ, ब्रेनको अट्याक त्यसैबाट हुन्छ । मासुले मान्छेको दिमाग पनि उल्टोपाल्टो पारिदिन्छ ।’
डा. साब, मान्छेको शरीर र रोगको सम्बन्धबारे कुरा गरौं, के ग्याष्ट्रिक नेपालीको राष्ट्रिय रोग हो ? उहिलेका मान्छेलाई पनि यसैगरी ग्याष्ट्रिक हुन्थ्यो कि ?
– ग्याष्ट्राइटिस भन्ने कुरा त जब निमोनिया हुन्छ, निमोनाइटिस भनेजस्तै हो । यो ग्याष्ट्राइटिस भन्ने कुरा त जमानादेखि भएको कुरा हो ।
म सानो थिएँ, हाम्री आमालाई ग्याष्ट्राइटिस भयो । ग्याष्ट्राइटिसबाट अल्सर भयो भनेर आमाले यत्रो डिब्बाको औषधि खाएको त मलाई थाहा छ । डिब्बाका डिब्बा औषधि उहाँले उस जमानामा खानुहुन्थ्यो ।
पछि मैले एमबीबीएस गर्न थालेपछि हामीले त्योबेलामा मेडिकल कलेजमा कतिसम्म गथ्र्यौं भने ग्याष्ट्रिक निको नहुने बिरामी, हामीसँग औषधि थिएन । नाकबाट पाइप हालेर पेटमा दूध तुपुतुपु चुहाएर त्यहाँ रहेको एसिडलाई हामी माथ्र्यौं । त्यसरी हामी निको पाथ्र्यौं ।
अहिले साइन्सले ग्याष्ट्राइटिसको कारण पनि दियो र त्यसको जड पत्ता लगाइदियो । अब हामीलाई थाहा भो, ग्याष्ट्राइज औषधिले गर्छ, नराम्रो खानपानले गर्छ ।
एउटा ब्याक्टेरिया छ, हेलिको ब्याक्टर पाइलाेरी भन्ने । त्यो ब्याक्टेरियाले ग्याष्ट्राइज गर्दोरहेछ । गरीब मुलुकमा अधिकांश यो होलिको ब्याक्टर पाइलाेरी भन्ने ब्याक्टेरियाले गर्छ । अब हामीलाई थाहा भो । अब हामीलाई औषधि गर्न सजिलो भो । तर, ग्याष्ट्राइटिस हजारौं वर्षदेखि आएको हो ।
उहिलेका मान्छेले ‘गानो गोला’ भनेको यसैलाई हो ?
– त्यो गानो गोला अलि फरक छ । आन्द्रा अलि बढ्ता चलेर अप्ठ्यारो हुँदा त्यहाँ भुक्लुक्क हुनेमात्रै हो । ग्याष्ट्राइटिससँग यसको सम्बन्ध छैन ।
चालीस वर्ष पुगेपछि मान्छेले सकेसम्म शाकाहारी हुनु नै राम्रो हुन्छ । किनभने क्यान्सर मासुबाट पनि हुन्छ । बोसेआन्द्राको क्यान्सर मासुबाट पनि हुन्छ ।
के यसो भन्न सकिन्छ- पुराना रोगहरु मासिँदै जान्छन् र नयाँ-नयाँ रोगले जन्म लिँदै जान्छ ?
– एक जमानामा यौनसम्पर्कबाट आउने सिफ्लिस आजकल देखिँदैन । अहिले संसारभरि नै देखिन कम भएको छ । तर, हामीले पढ्दाखेरि के थाहा पाएका थियौं भने हेलम्बु एरियामा सिफ्लिस बढी हुन्छ । तर, त्यहाँका मान्छेलाई सिफ्लिसले भए पनि नछुने ।
जस्तो एचआइभी अफ्रिकामा कमन छ । त्यहाँ यसले धेरै असर पार्दैन । एचआइभी छ, एड्स हुँदैन । एड्स भनेको रोग, एचआइभी भनेको संक्रमणको भाइरस हो । त्यस्तै अहिले इबोलाको कुरा छ । इबोला भनेको वेष्ट अफ्रिकामा भयंकर चर्को भएको छ । तर, त्यहाँ त पहिल्यैदेखि भइराखेको छ नि । जस्तै हाम्रोमा थारुहरुले मलेरिया पचाउँछन् ।
मानिसको शरीरले ब्याक्टेरियालाई पचाउने क्षमता विकास गर्छ । त्यसैगरी ब्याक्टेरियाले पनि औषधिसँग त्यसलाई पचाइदिने क्षमता विकास गर्छ । यो त हाम्रो लाखौं वर्षदेखिको विकासको नियम हो ।
हामी किन बाँचिराखेका छौं ? मान्छेको ‘रेस’ मरेर गएको छैन । हाम्रो ह्युमन रेसले प्रकृतिको प्रकोपबाट अडान लिन सक्यो । अनेक किसिमका ब्याक्टेरियाको प्रकोपबाट आफूलाई बचाएर मानिस अगाडि बढेको न हो ।
हाम्रो शरीरले धेरै शक्तिहरुसँग लड्ने पनि गर्‍यो । आखिर यो विकास हो । तर, ब्याक्टेरिया पनि त्यत्तिकै बलियो भएर आयो । म जति बलियो हुन्छु, ऊ पनि त्यत्तिकै बलियो हुन्छ । यसले गर्दा रोग रहन्छ । यो निर्मूल हुने चान्सै छैन ।
मलेरियाकै कुरा गरौं न । प्रशस्त डीडीटी छर्केर हामीले लामखुट्टे मार्‍यौं । अब मलेरिया एकदम कम भो भनियो । तर, केही वर्ष बितेपछि लामखुट्टेले डीडीटी पचाइदियो । अब अहिले डीडीटीले मलेरिया मास्न सकिन्न । भनेपछि यो इभोल्युसन (विकास) हो । भगवानको यो सृष्टि छ नि, यसमा हरेकलाई बाँच्ने अधिकार दिइएको छ । त्यसैले ग्याष्ट्रिक पनि हजारौं वर्षदेखि हामीसँग छ । खाली अहिले आएर यसको कारण पहिचान भएको छ । भोलि अर्को थपिन पनि सक्छ र औषधि अर्कै चाहिन पनि सक्छ ।
उहिलेका मानिस प्राकृतिक खाद्यमा निर्भर थिए, अहिले जंकफुडले गर्दा मानिस कमजोर बन्दै गएको हो ?
– यो त पक्कै हो । रोगको प्रक्रियामा हामी दुईवटा कुराको खुब ख्याल गर्छौं । एउटा हो जेनेटिक्स । मैले बाजे बराजुबाट लिएर आएको एउटा हुन्छ । सबै रोग जेनेटिकले मात्रै गर्दैन, बाँकी वातावरणले गर्छ । वातावरणमा किटाणुदेखि लिएर तपाईको रहन-सहन, जीवनशैली, खानपिन सबै कुराहरु आउँछन् ।
आज संसारको सबैभन्दा ठूलो समस्या दुईवटा छन् । एउटा खान नपाउने ग्रुप छ । अफ्रिकामा हेर्नोस् दशा कस्तो छ । खानै छैन । अर्कातिर यति बढ्ता खाना खान थाले कि दुबैलाई समस्या परेको छ ।
एकातिर खान नपाएर कुपोषण भएर हरेक ब्याक्टेरिया संक्रमण भएर मान्छे भुतुभुतु मरिराखेको छ । अर्कोतिर बढ्ता खाएर ‘मोर्डन’ रोगहरु, डायविटिज, हर्ट एट्याक, हाइपर टेन्सन, प्यारालाइसिस, क्यान्सर यी सबै खराब पोषणका कारण आइराखेका छन् । हाम्रो लाइफ स्टायल छैन । हामी व्यायाम गर्दैनौं ।
पछिल्लो समय नेपालमा क्यान्सर बढेको हो ?
– संसारमा क्यान्सर बढेको छ । यसमा जेनेटिक कारण त छ, नै, यसमा वातावरणको पनि असर छ । पोलुसन हो । ओजनको लेयरको कुरा छ यहाँ । आज वातावरणले कति मान्छेलाई क्यान्सर भएको छ । पोलुसनले कति मान्छेलाई रोग लागिरहेको छ ?
अलिकति व्यक्तिगत प्रशंगतिर जाऔं, तपाई भेजिटेरियन हो कि ननभेजिटेरियन ?
– म पहिले पूरै ननभेजिटेरियन थिएँ । पछि म भयंकर भेजिटेरियन हुँ । पढियो क्रिश्चियन स्कुलमा । बंगालमा पढियो । त्यहाँ त खाने माछा नै हो । पछि मुम्बई आएपछि शुद्ध शाकाहारी डाक्टरसँग पढियो । अहिले म पूरै पूरै शाकाहारी भएको छु । मैले मेरी आमा स्वर्गवास भएपछि सबैलाई भेजिटेरियन हौ भन्ने गरेको छु । आमा स्वर्गे भएको आज ३० वर्ष हुन लाग्यो ।
मासु खाँदाचाँहि के घाटा हुन्छ ?
– चालीस वर्ष पुगेपछि मान्छेले सकेसम्म शाकाहारी हुनु नै राम्रो हुन्छ । किनभने क्यान्सर मासुबाट पनि हुन्छ । बोसेआन्द्राको क्यान्सर मासुबाट पनि हुन्छ ।
कोलस्टोर बढ्ने मासुबाट पनि हो । हार्ट एट्याक कोलस्टोरबाट बढ्छ । ब्रेनको अट्याक त्यसैबाट हुन्छ । त्यसैले मान्छेले सकेसम्म मासु खानै हुँदैन ।
तपाईलाई एउटा कुरा बताऔं । मैले एमबीबीएस पढ्दा किताबमा के लेखिएको थियो भने फस्ट क्लास प्रोटिन भनेको माछामासुमा पाइने प्रोटिन हो र सेकेन्ड क्लास प्रोटिन भेजिटेबल हो । आज त्यो पर्लक्कै फर्किएर संसारभरि के भएको छ भने फस्ट क्लास प्रोटिन भनेको भेजिटेवलबाट पाइने प्रोटिन हो र मासुबाट पाइने प्रोटिन सेकेन्ड र थर्ड क्लास प्रोटिन हो ।
भेजिटेवलको प्रोटिनले क्यान्सर गर्दैन । कोलस्टोर बढाउँदैन । हृदयाघात बढाउँदैन । त्यसले शरीरलाई स्वस्थ्य राख्छ । मासुले युरिक एसिड बढाउँछ । कोलस्टोर बढाउँछ । ब्लड प्रेसर बढाउँछ, हृदयाघात बढाउँछ । मान्छेको दिमाग पनि उल्टोपाल्टो गरिदिन्छ । क्यान्सर बढाउँछ ।
अर्कोतर्फ हेर्न हो भने एउटा जनावरलाई पालेर मासु बनाउनका लागि कति अनाज चाहिन्छ ? यो स्टडी भइसक्यो । मान्छेले जति जति कम मासु खान्छन्, उति हाम्रा लागि उत्पादन बढी हुन्छ । हामी जति शाकाहारी हुँदै गयौं, पृथ्वीको आयु उति लम्बिन्छ ।
त्यो एउटा जन्तु खाएर कतिजनालाई पुग्छ ? त्यो जन्तुले त हामीले पाँच वर्षमा खाने अनाज एकै महिनामा खाइदिन्छ । त्यसैले हामी शाकाहारी हुनैपर्छ । उपाय नै छैन हामीलाई । सुन्छु, समुद्रमा पनि माछाको संख्या धेरै घटिसक्यो ।
पहिले पहिले हामीले खाने मकै भटमास, रायोको साग र ढिँडो होइन र ? गुन्द्रुक होइन र ? हाज संसारभरि मकै भटमास, फाइबर, गुन्द्रुक यी सबैभन्दा बेस्ट पौष्टिक आहार हुन् भनेर आइसक्यो । अनि हाम वीर गोर्खाली किन नहुने ? अब हामी बर्गर, डोनट, पिज्जा, चाऊचाऊमा गइसक्यौं । अब कसरी हामी वीर हुन सक्छौं ?
मान्छेले खानपान विचार पुर्‍याउनुपर्ने कुरा के-के हुन् डा सा’प ?
अहिले डाक्टरीमा दुई-तीनवटा शब्द खुब महत्वपूर्ण छन् : एउटा हो लाइफ स्टायल म्यानेजमेन्ट अर्थात जीवनशैलीको व्यवस्थापन । अर्को बढी, माइन्ड, मेडिसन ।
बडी, माइन्ड, मेडिसिन भनेको के हो भने शरीरको मात्रै औषधि गरेर नहुँदोरहेछ । स्वस्थ्य शरीर, स्वस्थ्य मन । स्वस्थ्य मन, स्वस्थ्य शरीर । दुईवटै सन्तुलनमा चलेन भने, खराब मन भयो भने शरीर पनि खराब हुन्छ । कमजोर शरीर भयो भने मन पनि कमजोर हुन्छ । जस्तो, अहिले हाम्रो प्रधानमन्त्रीको स्थिति त्यही छ ।
कति डाक्टरले लगानी गरेर आफ्नो हस्पिटल बनाए । अब त्यो पैसा त तिर्नुपर्ने हुन्छ । डाक्टर पाइँदैन, नसै पाइँदैन, दिनभरि टेन्सन हुन्छ
अहिले त्यही बडी, माइन्ड मेडिसिनकै कारण योगको यत्रो प्रचार भएको छ । ध्यानको यत्रो प्रचार भइरहेको छ । हाम्रो हिन्दू र वौद्ध धर्मले पहिल्यैदेखि भनेको कुरा हो नि यो । ध्यान गर । बिहान टाइममा उठ । टाइममा सुत । सन्तुलित भोजन गर । बढ्ता यो नखाऊ, बढता त्यो नखाऊ । भगवानको आरती गर । योग गर । यो त हाम्रो संस्कतिमा आएको कुरा हो । हामीले यो सप्पै मास्यौं । हामी पश्चिमी संस्कारमा गयौं । अब पश्चिमले भनिरहेको छ, ओहो, मेडिटेसन इज गुड । योगा इज गुड भन्न थालिसक्यो उसले । अब हामीले पनि यसलाई राम्रा भनेर आउँछौं क्या । हामीमा अलिकति दास मानसिकता छ । पश्चिमाहरुले भने ठीक, हाम्रा ऋषिमुनिहरुले भनेको बेठीक ।
अर्को कुरा हो लाइफ स्टायल । तपाई डाक्टर, प्रोफेसर, किसान, बस ड्राइभर वा जे हुनुहुन्छ, तपाईको लाइफ स्टायल महत्वपूर्ण छ । कसरी काम गर्नुहुन्छ, कति सुत्नुहुन्छ, कसरी उठ्नुहुन्छ, के खानुहुन्छ । रक्सी बढ्ता खानुहुन्छ कि, चुरोट बढ्ता खानुहुन्छ कि । खैनी सूर्ती खानुहुन्छ कि ? पाँचवटा श्रीमतीहरु राखेर हिँड्नुहुन्छ कि ? तपाई बेश्यालयमा जानुहुन्छ कि ? यो सबै कुरामा आफ्नो लाइफ स्टायललाई म्यानेज गर्नुपर्छ ।
यसभित्र पर्ने अर्को ठूलो कुरा हो टाइम म्यानेजमेन्ट । हाम्रा ऋषिमुनिहरुले ब्रह्म मुहूर्तमा उठ भने । बिहान सूर्य उदाउनुभन्दा डेढघण्टा अगाडि उठ । ब्रह्म मुहूर्त भनेको शान्त वातावरणमा तिमी आफ्नो पाठपूजा सब गर अनि काम गर्न थाल । त्यो समयमा तपाई धेरै काम गर्न सक्नुहुन्छ । दिमाग फ्रेस हुन्छ ।
बेलुका साँझ परेपछि प्रकृतिको नियमै छ, चराचुरुङ्गी गुँडमा जान्छन् । जनावरहरु आफ्नो दुलोमा पस्छन् । मान्छेले पनि दिनभरिको टेन्सन र स्ट्रेसलाई ‘अनवाइन्ड’ गर्ने टाइम हो ।
पहिले घडीमा दम दिने चलन थियो, बढ्ता दम दियो भने टडङ्ग गरेर स्पि्रङ भाँचिन्थ्यो । मान्छेको पनि त्यही हो । मान्छेहरु बिहानदेखि उठेर टाइम म्यानेज गर्दैनन् । अनि यता हतार, उता हतार गर्छन् । तीनवटा मिटिङमा दौडिएको छ, काम केही हुनेवाला छैन । खाने टाइम छैन, सुत्ने टाइम छैन । अनि के हुन्छ ? बेलुका पनि हामी आफ्नो काम बन्द गर्दैनौं ।
दिनभरि त समय खेर फाल्यौं फाल्यौं, राति पनि १२/१ बजेसम्म काम गर्छौं । कत्ति न काम गरेको भन्ठान्छौं, तर काम केही पनि हुँदैन । हाइ हाइ गर्दै, थाकेको मन, थाकेको शरीरले काम गरेपछि मान्छेको स्पि्रङ पनि घडीको जस्तै टुट्छ । अनि उसलाई हाइपर टेन्सन हुन्छ, ब्लड प्रेसर हुन्छ । सुगर हुन्छ । हार्ट एट्याक हुन्छ प्यारालाइसिस हुन्छ अनि फुतुफुतु मर्छ ।
हाम्रा ऋषिमुनिले के भनेका छन् भने साँझको टाइममा ध्यान गर । शायद सूर्यास्तको टाइम तिम्रा लागि ‘अनवाइन्ड’ गर्ने समय हो । दिनभरिको टेन्सनलाई, टाइट भएको स्पि्रङ्गलाई ‘अनवाइन्ड’ गर्ने टाइम हो ।
लाइफ इस्टायल म्यानेजमेन्टमा खानाको म्यानेजमेन्ट, समयको म्यानेजमेन्ट लगायत सबै कुराहरु आउँछ क्या । त्यसैले बडी, माइन्ड, मेडिसिनमा लाइफस्टायल म्यानेजमेन्ट र अन्तिममा आउँछ होलिस्टक हेल्थ ।
के हो यो हेलिस्टिक हेल्थ भनेको ?
अहिले हामीकहाँ मुटु विशेषज्ञ छाती विशेषज्ञ डाक्टरहरु छन् । तपाई मुटुरोग विशेषज्ञकहाँ जानुभयो भने ऊ मुटुमा मात्रै केन्दि्रत हुन्छ, उसले अरु केहीमा पनि वास्ता गर्दैन र जान्दा पनि जान्दैन । तपाईलाई खोकी लाग्यो भने तपाई छाती रोग विशेषज्ञकोमा जाने कि, मुटुको जाने कि ग्याष्ट्रोमा जाने ? तपाईलाई थाहा छैन ।
यसले के भैदियो भने तपाई मुटु, तपाई छाती, तपाई पेट, तपाई ग्याष्ट्रिक, यो हिसाबले डाक्टरले हेरिदिन थाले । हेर्न पर्ने के हो भने होलिस्टिकली, बिरामीलाई समग्रमा हेर्नुपर्ने हो । तपाईको शरीरमा के छ, मनमा के छ, सबै हेर्नुपर्छ ।
मकहाँ टेन्सन भएका व्यापारीहरु आउँछन्, उनीहरुलाई ब्लड प्रेसर छ, सुगर छ । म उनीहरुलाई औषधि लेखिदिन्छु । उनीहरुका कुरा सुन्छु, उनीहरु भन्छन्, मेरो लगानी फसेको छ, रातभर निद्रा आउँदैन । रातमा नसुतेपछि त मान्छेलाई ब्लडप्रेसर भइहाल्छ नि ।
त्यसैले हामीले होलिस्टिक हेल्थमा जानुपर्छ । बडी, माइन्ड र स्पिरिट । त्यसमा हामी गएनौं भने बिरामीलाई टेस्टहरु असाध्यै महंगो पर्छ । मैले पाँच मीनेट बढ्ता बिरामीसँग कुरा गर्दिएँ भने उसको आधा रोग खत्तम हुन्छ ।
यसो गर्दा बिरामीलाई खर्च बढी पर्दैन । म मेरा विद्यार्थीलाई पढाउँदा के भन्छु भने तिमीहरु विरामीलाई पाँच मिनेट समय देऊ र उसको पाँच हजार रुपैयाँ बचाइदेऊ । अहिले त १० हजार बचाइदेऊ भने पनि हुन्छ । मेरो भनाइ के हो भने डाक्टरहरुले बिरामीसँग अलि बढ्ता अन्तरक्रिया गरिदेऊ । मैले पढेको जर्नलमा लेखिएको छ, डाक्टरले बिरामीलाई कमसेकम छोइदेऊ ।
अहिले त के सम्म गर्छन्, बिरामीको डाटा हेर्छन् । हामीले बिरामी छुनुपर्छ । जाँच्नुपर्छ । आजको दिनमा संसारभरि ९० प्रतिशत बिरामीहरुले राम्रो उपचार पाएका छैनन् ।
नेपालमा डाक्टरले बिरामीसँग झर्कोफर्को गरेको सुनिन्छ नि ? नर्सले फर्लोरेन्स नाइटिङगेलको आदर्श बिर्सिसके….
यो समस्या बढेको छ । उही त हो नि लाइफ स्टायल म्यानेजमेन्ट । कुरा के भनेदेखि सबैलाई पैसा चाहिएको छ । कति डाक्टरले लगानी गरेर आफ्नो हस्पिटल बनाए । अब त्यो पैसा त तिर्नुपर्ने हुन्छ । डाक्टर पाइँदैन, नर्स पाइँदैन, दिनभरि टेन्सन हुन्छ ।
उपकरणहरु ल्याउनुपर्‍यो, एउटा उपकरणको ७० लाख, ८० लाख, २ करोड, ३ करोडसम्म पर्छ । उपकरण ल्याउँछन् र ग्राण्ड हस्पिटल भन्छन्, सेन्टर अफ एक्सलेन्स भन्छन्, तर बिरामीको चाप त आउँदैन । नआएपछि के हुन्छ ?
त्यो डाक्टर, जसको दिमाग बिरामीमा जानुपर्ने र स्वच्छ मन हुनुपर्नेमा उसको दिमागमा जुनबेला पनि पैसा कसरी उठाऔं, पैसा तिरौं मात्रै होइन, म आफैं पनि पैसा कसरी कमाऔं भन्नेतिर जान्छ । मेरो घरमा स्विमिङ पुल छ कि छैन, मेरो कतिवडा पजेरो मोटर छ, हेर्नुपर्‍यो । छिमेकीभन्दा म धनी छु कि छैन हेर्नुपर्‍यो । मेरो श्रीमतीको यति गहना छ कि छैन, म विदेशको टि्रप कति लगाउँछु । यो सबै सिको भयो ।
डाक्टरले पनि नेताको देखासिकी गरेका हुन् ?
– पोलिटिसियनले यसै गर्छ । व्यापारीले गर्छ । मैले पनि गर्नुपर्‍यो भन्ने डाक्टरमा पनि आयो । डाक्टरले असाध्यै बढ्ता लागनी गरे । लगानी उठाउनैपर्‍यो । अर्कोतिर उनीहरुभित्र सेवाको भावना धेरै घट्यो र पैसा कमाउनेतिर लागे ।
यसमा डाक्टरको मात्रै दोष छैन । सोसाइटी जस्तो, डाक्टर उस्तै । सोसाइटी जस्तो, पोलिटिसियन उस्तै । र, पोलिटिसियन र डाक्टर जस्तो, सोसाइटी पनि उस्तै । यो त परस्पर कुरा हो ।
तर, म डाक्टर भएर बिरामीलाई राम्रोसँग हेरें, उसको मैले घाँटी रेटिँन र उसलाई मैले धेरै खर्च गराइँन भने सोसाइटी पनि त एक कान, दुई कान राम्रो हुन्छ नि ।
बिरामीचाँहि कस्ता-कस्ता भेटिन्छन् ?
– बिरामीहरु पनि कहिलेकाहिँ झगडै गर्छन् । उपचार गर्दागर्दै विरामी मर्न सक्छन् । डाक्टरले मार्छु त भन्दैन नि । बिरामी मर्नेवित्तिकै पैसा नतिर्नका लागि ढुंगामुढा गर्दिने । हस्पिटलै ध्वस्त पारिदिने । यो विकृति जुन छ, यो परस्परै छ ।
तर, यति हुँदाहुँदै पनि अज्ञानी जनतालाई नभनौं । डाक्टरहरु पढेलेखेका, सबैभन्दा माथिल्लो वर्गका हुन् । कुनै पनि डाक्टर खान नपाउने छैनन् । उसका बाबुआमाले राम्रोसँग खान लाउन दिएको मान्छे नै डाक्टर बनेको हुन्छ । गरीवको त ठाउँ नै छैन ।
डाक्टर खाए लाएको परिवारबाट आएको छ, झन खाए लाएको बनेको छ । पढेलेख्या छ, ऊ सबैभन्दा सम्वेदनशील हुनुपर्‍यो । सभ्य हुनुपर्‍यो । उसले मैले खाइरहेको छु, मेरो मोटर छ, म सम्पत्ति नभएको भए डाक्टर हुने नै थिइँन भन्ने सोच्नुपर्‍यो । चेपाङले त डाक्टर बन्न सक्दैन नि । डाक्टरले अब समाजलाई के दिऔं भन्ने सोच्नुपर्‍यो । राष्ट्रलाई के दिऔं भन्ने सोच्नुपर्‍यो । आफ्नो मात्रै स्वार्थ हेर्न भएन ।
तपाई डाक्टर नै किन बन्नुभएको ? डाक्टर बन्ने सोचाइ कसरी आयो ?
– सन् १९४५ तिर मेरी आमाको अप्रेसन गर्नुपर्‍यो कोलकातामा । त्यहाँ डक्टर ललितमोहन ब्यानर्जी भन्ने डाक्टर हुनुहुन्थ्यो । त्यसबेला उहाँ भारतको सबभन्दा नामूद सर्जन हुनुहुन्थ्यो । उहाँ नेपाली पनि पोख्त बोल्नुहुन्थ्यो । उहाँ नेपालमा आएर राजपरिवारमा चक्कु पनि चलाएको मान्छे हो । त्यसबेला नेपालका प्रतिष्ठित व्यक्तिहरुले कोलकाता गएर उहाँसँगै अप्रेसन गराउँथे ।
नेपालमा ठुल्ठुला डाक्टरहरु पोलिटिक्समा गए । म त पोलिटिक्समा हैन, समाजसेवामा गएको हुँ । पोलिटिक्समा जानेहरु विस्तारै पत्रु हुँदै आखिर पानीमा बिलाएर गए नि त
मेरा बाबा मदनसमशेर जरसा’बको प्राइभेट सेक्रेटरी हुनुहुन्थ्यो । त्यही नाताबाट चिठी लिएर कोलाकाता गएर आमाको अप्रेसन भयो । म त्यतिबेला सानो रहेंछु । आमालाई एक तलामाथि राखेको थियो वार्डमा । म तल ढोकामा खेलिरहेको रहेंछु । त्यहाँबाट सर्जन डा. ब्यानर्जीले मलाई बोकेर एक तलामाथि जानुहुँदोरहेछ । नेपाली बोल्ने भएपछि माया त बस्दोरहेछ । उहाँले के भन्नुहुँदोरहेछ भने ‘तिमी डाक्टर बन्नुपर्छ ।’ त्यो मेरो दिमागमा घुसेछ ।
तपाई नागरिक आन्दोलनको अगुवा पनि हुनुहुन्छ, डाक्टरी पढाइले कस्तो असर पारेको छ ?
– मलाई पक्का विश्वास छ कि म डाक्टर नभएको भए अर्थोक केही पनि हुन सक्ने थिइँन । शायद म साधु हुन्थें होला । डाक्टर नभएको भए अरु उपाय नै थिएन मसँग । डाक्टरी पेशाबाहेक मेरालागि अरु केही हुनै सक्दैन ।
म तपाईलाई एउटा ठूलो साइन्टिसले भनेको कुरो सुनाउँछु । यो भिरच्युले भनेका हुन्, ‘डाक्टरी पेशा एउटा सोसियल साइन्स हो, राजनीति एउटा विस्तृत अर्थमा डाक्टरीभन्दा अर्थोक केही होइन ।
हामी बिरामीको नजिक पुग्छौं, टेस्टहरु गर्छौं एनालाइसिस गछौर्ं र समस्याको समाधान गर्छौं । राजनीति गर्नेहरुले राष्ट्र अथवा समाजको समस्या के हो भनेर रिसर्च र टेष्ट गर्छन् र समाज वा राष्ट्रलाई स्वस्थ्य राख्छन् । म कुनै पनि मानिसलाई रोगी देख्न सक्दिँन र उपचार गर्छु । राष्ट्रभित्र पनि अन्धकार देखियो भने हाम्रो दायित्व नै बन्छ कि केही गरौं । यस्तो भावना भित्रैबाट उम्लिएर आउँछ ।
रोगी मान्छेजस्तै रोगी समाज र देश देखेपछि तपाईलाई त्यसको पनि सामाजिक उपचार गरौं गरौंजस्तो लाग्दोरहेछ हैन ?
– मकहाँ कति पोलिटिसियनहरु आउनुभएको छ । मेरो पार्टीमा लाग् भन्दै आउनुभएको छ । उहाँहरु कसरी भन्नुहुन्छ थाहा छ ? डा. सा’प तपाईले रोगीहरुलाई धेरै सेवा गुर्न भो । अब देश नै रोगी भएको छ, तपाईले केही गर्नोस्, हाम्रो पार्टीमा आउनोस् भनेर मलाई भन्नुभएको छ ।
जवाफ के दिनुहुन्छ ?
– मेरो स्ट्रेन्थ, मैले पढेको मेरो विद्या, मेरो बुद्धि, मेरो अनुभवले म डाक्टरी मात्रै हुँ । मेरो यो अनुभवबाट केही दिन सक्छु भने म दिन्छु, तर, मेरो स्टाटस मैले छोडेर अन्यत्र गएँ भने मेरो यो शक्ति क्षीण हुन्छ । तान्त्रिक विद्यामा शक्ति प्रयोग गर्दै गएपछि त्यो क्षीण हुन्छ । मेरो पनि समाजमा धेरै पेशागत लगानी छ । यो लगानी मै खर्चमात्रै गरें भने मान्छेले मलाई दुई दिन सुन्लान्, तीन दिन सुन्लान्, मेरो पछि पनि लाग्लान् । तर, मेरो शक्ति विस्तारै क्षीण भएर जान्छ । अनि मान्छेले के भन्न थाल्छन् भने ए त्यो सुन्दरमणि ? त्यसले एक जमानामा औषधि गथ्र्याे भन्न थाल्छन् ।
त्यसैले मेरो पेशा र जगलाई छाडेर यताउति जानुहुँदैन । म जे गर्छु, त्यही भावनाले अघि बढें भने दिमाग पनि फ्रेस हुन्छ । समाजको पनि के गल्ती भएको छ भने ट्याक्कै भन्न सक्छु र हल पनि दिन सक्छु । तर, मैले सबै छाडेर त्यतातिर गएँ भने म पत्रु हुन्छु ।
नेपालमा ठुल्ठुला डाक्टरहरु पोलिटिक्समा गए । म त पोलिटिक्समा हैन, समाजसेवामा गएको हुँ । पोलिटिक्समा जानेहरु विस्तारै पत्रु हुँदै आखिर पानीमा बिलाएर गए नि त ।
कसलाई भन्न खोज्नुभएको ? डा. उपेन्द्र देवकोटा ?
– उपेन्द्र धेरै तलका भए । उनी हैनन् । डा. तुल्सी गिरी । उनी मेडिकल डाक्टर हुन् । त्यत्रो प्रधानमन्त्रीसम्म भएको, त्यत्रो राजकाज हाँकेको, वीपी कोइरालाको दाहिने हातै भएको मान्छे, तर उनको शक्ति क्षीण हुँदै गएर अब ह्वेर इज तुल्सी गिरी ?
हामीले त रोग पहिचान गर्ने हो, सुझाव दिने हो । हामीजस्तो पेशा गर्ने मान्छेले कुनै पनि पार्टीको अचानोमा आफ्नो टाउको राख्नुहुँदैन । हामी आफ्नो पेशामा बफादार हुनुपर्छ । यसो गर्न सक्यौं भनेमात्रै सही अर्थमा समाज सेवा गरेको ठहर्छ ।
प्रस्तुती-अरुण बराल/सुरेश भुसाल  अनलाइन खबर 
From https://goo.gl/Aq3Q13