Showing posts with label mrityu. Show all posts
Showing posts with label mrityu. Show all posts

Saturday, November 19, 2016

काल महिमा

भाका, भुल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो

इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।।

थुप्रोमा उधिनि मिठो र नमिठो रोजेर छान्दैन त्यो

खाता जाँचि सबै दुरुस्त नबुझि बिर्सेर हान्दैन त्यो ।।१।।

राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो

आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो ।।

आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो ।।       
                                                                                       - कविशिरोमणी लेखनाथ पौड्याल