Showing posts with label change. Show all posts
Showing posts with label change. Show all posts

Wednesday, November 14, 2012

अचम्मै छ नि है...होइन त ..............

अचम्म छ बा...  रु २० को नोट धेरै लाग्छ जब हामी कुनै गरीबलाई दिन लाग्छौ, तर
होटेलमा त्यहीटिप  दिन धेरै कम लाग्छ 


३ मिनटको लागि भगवानको नाम लिन मुस्किल  हुन्छ, तर ३ घण्टाको फिल्म हेर्न सजिलो लाग्छ

 पुरा दिन काम गरेर जिम जान कत्ती थकाई लाग्दैन, तर आमाबाबाको गोडा मिच्न हामीलाई थकाई लाग्छ

Vanetine's Day को लागि हामी पुरा साल कुर्छौ, Mother's Day कहिले आउछ अनी जान्छ पत्तो हुन्न

फलानो-ढिस्कानो नेताले यसो-उसो गर्यो भन्दै कुर्लन मज्जा लाग्छ, तर आफ्नै वडा तथा गाबिसमा भईरहेको भ्रस्टचारको बिरुध्ध बोल्न अप्ठेरो

फोहोरको डुङुर नजिक बाट हिड्दा मनिषलाई सराप्न जोस आउछ, तर एउटै भये पनि मिल्किएको कागज टिप्न लाज लाग्छ .

फलानोले राम्रो काम गरेछ भनेर हौस्याउने २ शब्द लेख्न निन्द्रा लाग्छ, तर नेताहरुलाई गाली गर्दा तालीपिट्न आनन्द लाग्छ

अचम्मै छ नि है...होइन त ..................