Showing posts with label cough. Show all posts
Showing posts with label cough. Show all posts

Tuesday, November 15, 2016

अदुवाका यस्ता फाइदा

Posted by: Naya Patrika June 7, 2016 

  • एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाई फिटेर बिहान र बेलुका मनतातो पानीमा खाने गरेमा दम खोकी ठीक हुन्छ ।
  • चिसोको बाथ र कम्मर दुखेमा आधा चम्चा सुठोको धुलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकताअनुसार नुन वा चिनी हालेर बिहान काँडा पिउने गरेमा ठीक हुन्छ ।
  • उल्टी भएमा अदुवा र प्याजको रस समान मात्रामा मिलाएर तीन–तीन घन्टाको अन्तरमा एक–एक चम्चा लिनाले उल्टी हुन बन्द हुन्छ ।
  • ज्वरो आएका वेला अदुवा र पुदिनाको काँडा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ ।
  • आधा चम्चा अदुवाको रसमा हिङ र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या ठीक हुन्छ ।
  • सास गनाउने समस्या भएकाले अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ ।
  • भोक नलागेमा वा पेट सफा नभएमा अदुवामा नुन मिलाएर एक हप्तासम्म दिनमा एकपटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्नेसमेत गर्दछ ।

जिराको औषधीय प्रयोग

जिराको औषधीय प्रयोग

जिरालाई भान्सामा मसलाको रूपमा बढी प्रयोग गरिन्छ । यसले सब्जी स्वादिस्ट बनाई खानामा रुचि बढाउाछ । स्वाद मात्र नभएर यो बहुउपयोगी औषधि पनि हो । जिरा आफौ खाना पचाउने औषधि हो भने योसाग मिसाएर अन्य परिकार खाादा धेरै रोगमा औषधिको काम गर्छ ।
खाएको नपच्ने
मरिच, सिदेनुन र जिरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने । त्यसलाई बिहान र बेलुका खाना खानुअगाडि एक–एक चम्चा सेवन गरेमा केही दिनमै खाना नपच्ने, बान्ता हुने, दिसा लाग्नेजस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
धेरै दिसा लागेमा
जिराको धुलो, ५० ग्राम, सिदेनुनको धुलो ५० ग्राम र घ्युमा फुराएको हिङ १० ग्रामको धुलो सबै मिसाएर मनतातो पानीसँग एक–एक चम्चा महमा मिसाएर दिनको तीन–चारपटक रोगअनुसार मात्रा मिलाई खाएमा दिसा धेरै लागेको ठीक हुन्छ ।
ज्वरो आएमा
जिरापानी पकाएर सख्खर हालेर चियाझैँ दिनमा तीन–चारपटक खाएमा ज्वरो चट्टै जान्छ ।
कुनै पनि साधारण दुखाइमा
जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।
अन्डकोष बढेमा
यस प्रकारको रोगमा जिरा र मरिच पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठीक हुँदै जान्छ ।
आँखा पोलेमा, बिजाएमा वा रातो भएमा
जिरापानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।
स्त्री जातिको सेतो पानी आउने रोगमा
जिरा र मिश्री बराबर मिसाएर धुलो पार्ने र चौलानीसँग एक–एक चम्चा बिहान–बेलुका खाने गरेमा ठीक हुन्छ ।
चिलाउने रोगमा
तोरीको तेलमा एक चम्चा जिरा र आधा चम्चा सिन्दुर हालेर डढाउने र सो तेल लगाउने गरेमा यस्तो रोग ठीक हुन्छ ।
मुखमा पोतो वा दाग आएमा
जिरा, बोके जिरा, कालो तिल, सस्र्युं र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने वेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
रुघाखोकीको ज्वरोमा
एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धुलो, पाँचवटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीनपटक काँडा बनाएर पिउने गरेमा ठीक हुन्छ ।
दममा
मरिच, अदुवा र जिरा मिसाएर खुवाउँदा निमोनिया भएको र दम भएको मानिसलाई चाँडै ठीक गर्छ ।
(नोट : ग्यास्ट्रिक धेरै छ या अल्सर भएको छ भने जिरालाई पिसेर खान हँुदैन । यसले झन् बढाउन सक्छ ।)
डा. वासुदेव उपाध्याय
वरिष्ठ आयुर्वेद चिकित्सक