Showing posts with label Fever. Show all posts
Showing posts with label Fever. Show all posts

Tuesday, November 15, 2016

अदुवाका यस्ता फाइदा

Posted by: Naya Patrika June 7, 2016 

  • एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाई फिटेर बिहान र बेलुका मनतातो पानीमा खाने गरेमा दम खोकी ठीक हुन्छ ।
  • चिसोको बाथ र कम्मर दुखेमा आधा चम्चा सुठोको धुलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकताअनुसार नुन वा चिनी हालेर बिहान काँडा पिउने गरेमा ठीक हुन्छ ।
  • उल्टी भएमा अदुवा र प्याजको रस समान मात्रामा मिलाएर तीन–तीन घन्टाको अन्तरमा एक–एक चम्चा लिनाले उल्टी हुन बन्द हुन्छ ।
  • ज्वरो आएका वेला अदुवा र पुदिनाको काँडा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ ।
  • आधा चम्चा अदुवाको रसमा हिङ र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या ठीक हुन्छ ।
  • सास गनाउने समस्या भएकाले अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ ।
  • भोक नलागेमा वा पेट सफा नभएमा अदुवामा नुन मिलाएर एक हप्तासम्म दिनमा एकपटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्नेसमेत गर्दछ ।

जिराको औषधीय प्रयोग

जिराको औषधीय प्रयोग

जिरालाई भान्सामा मसलाको रूपमा बढी प्रयोग गरिन्छ । यसले सब्जी स्वादिस्ट बनाई खानामा रुचि बढाउाछ । स्वाद मात्र नभएर यो बहुउपयोगी औषधि पनि हो । जिरा आफौ खाना पचाउने औषधि हो भने योसाग मिसाएर अन्य परिकार खाादा धेरै रोगमा औषधिको काम गर्छ ।
खाएको नपच्ने
मरिच, सिदेनुन र जिरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने । त्यसलाई बिहान र बेलुका खाना खानुअगाडि एक–एक चम्चा सेवन गरेमा केही दिनमै खाना नपच्ने, बान्ता हुने, दिसा लाग्नेजस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
धेरै दिसा लागेमा
जिराको धुलो, ५० ग्राम, सिदेनुनको धुलो ५० ग्राम र घ्युमा फुराएको हिङ १० ग्रामको धुलो सबै मिसाएर मनतातो पानीसँग एक–एक चम्चा महमा मिसाएर दिनको तीन–चारपटक रोगअनुसार मात्रा मिलाई खाएमा दिसा धेरै लागेको ठीक हुन्छ ।
ज्वरो आएमा
जिरापानी पकाएर सख्खर हालेर चियाझैँ दिनमा तीन–चारपटक खाएमा ज्वरो चट्टै जान्छ ।
कुनै पनि साधारण दुखाइमा
जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।
अन्डकोष बढेमा
यस प्रकारको रोगमा जिरा र मरिच पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठीक हुँदै जान्छ ।
आँखा पोलेमा, बिजाएमा वा रातो भएमा
जिरापानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।
स्त्री जातिको सेतो पानी आउने रोगमा
जिरा र मिश्री बराबर मिसाएर धुलो पार्ने र चौलानीसँग एक–एक चम्चा बिहान–बेलुका खाने गरेमा ठीक हुन्छ ।
चिलाउने रोगमा
तोरीको तेलमा एक चम्चा जिरा र आधा चम्चा सिन्दुर हालेर डढाउने र सो तेल लगाउने गरेमा यस्तो रोग ठीक हुन्छ ।
मुखमा पोतो वा दाग आएमा
जिरा, बोके जिरा, कालो तिल, सस्र्युं र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने वेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
रुघाखोकीको ज्वरोमा
एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धुलो, पाँचवटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीनपटक काँडा बनाएर पिउने गरेमा ठीक हुन्छ ।
दममा
मरिच, अदुवा र जिरा मिसाएर खुवाउँदा निमोनिया भएको र दम भएको मानिसलाई चाँडै ठीक गर्छ ।
(नोट : ग्यास्ट्रिक धेरै छ या अल्सर भएको छ भने जिरालाई पिसेर खान हँुदैन । यसले झन् बढाउन सक्छ ।)
डा. वासुदेव उपाध्याय
वरिष्ठ आयुर्वेद चिकित्सक

Friday, November 11, 2016

यसकारण आउँछ ज्वरो

यसकारण आउँछ ज्वरो

यसकारण आउँछ ज्वरो
डा. केदारप्रसाद सेन्चुरी जनरल फिजिसियन वीर अस्पताल
के हो ज्वरो ?
मान्छेको शरीरमा हुने मेकानिजमले शरीरको तापक्रम हरेक समयमा उस्तै बनाइराख्ने कोसिस गर्छ । ९७ डिग्री फरेनहाइटदेखि ९९ दशमलव ५ डिग्री
फरेनहाइटबीचको तापक्रमलाई हाम्रो शरीरको सामान्य तापक्रम मानिन्छ । शरीरको तापक्रम औसतभन्दा माथि जानुलाई ज्वरो भनिन्छ । ज्वरो आउनु शरीर अस्वस्थ भएको जनाउ हो ।
समय, स्थान र वातावरणअनुसार शरीरको तापक्रम पनि फरक हुन्छ । दिनमा तापक्रम बढी हुनसक्छ भने बिहान र राति केही कम हुन्छ । व्यायाम गरेको समयमा पनि शरीरको तापक्रम बढी हुन्छ । त्यस्तै, महिलाको महिनावारीको समयमा तापक्रम बढी हुनसक्छ । तर, जेजस्तो भए पनि स्वस्थ मानिसमा औसतभन्दा दुई डिग्री फरेनहाइट मात्र बढी हुँदा फरक पर्दैन ।
भाइरल ज्वरो
भाइरल नै ज्वरो देखिने मुख्य कारण हो । मन्डामिक एन्फ्लुएन्जा एचवानएनवान (स्वाइन फ्लु), हेपाटाइटिस, बर्डफ्लु, जिका, डेंगु, इबोलालगायत सबै खालका फ्लुहरूमा ज्वरो आउने हुन्छ । यस्तो अवस्थामा आएको ज्वरोका कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । भाइरसका कारण पखाला लाग्दा पनि ज्वरो आउने सम्भावना हुन्छ ।
ब्याक्टेरिया
ब्याक्टेरिया संक्रमणबाट हुने ज्वरोको दर उच्च छ । टिबी, टाइफाइड, ब्रोंकाइटिस, पिसाबको इन्फेक्सन, शरीरभित्र या बाहिर भएको घाउमा हुने ब्याक्टेरियल संक्रमणले पनि ज्वरो आउँछ । शरीरका भित्री अंगहरू जस्तै– आउँ, टाइफाइडको ज्वरो, ठूलो आन्द्रा एवं मलाशय सुन्निने या घाउ हुँदा, एपेन्डिसाइटिस हुँदा, मुत्रथैलीको संक्रमण, मुत्रमार्गको संक्रमण, मिर्गौलाको संक्रमणमा पनि ज्वरो आउँछ ।
फंगल्स संक्रमण
कतिपय अंगमा हुने फंगल्स संक्रमणका कारण मानिसमा ज्वरो आइरहेको हुन्छ । जस्तै– फोक्सो या महिलाको पाठेघरमा हुने फंगल्स संक्रमणले ज्वरो आउँछ ।
प्रोटोजोअल संक्रमण
प्रोटोजोअल संक्रमणका कारण मलेरिया, कालाजार भएर ज्वरो आउने गर्छ ।
दीर्घरोगीमा खतरा
दीर्घरोग भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ज्वरोको आक्रमण बढी हुन्छ । यस्ता व्यक्तिमा भाइरस, ब्याक्टेरिया, फंगल्स, प्रोटोजोआ सक्रिय हुन्छन् । यिनको सक्रियतासँगै ज्वरो आउने सम्भावना बढी हुन्छ ।
ज्वरो आउँदा
झोल पदार्थ धेरै पिउने, पानीपट्टी बाँध्ने, बिरामी रहने कोठा न्यानो तर हावा सहज आवत–जावत हुने हुनुपर्छ । ज्वरो बढ्दै गए पारासिटामोल खुवाउनुपर्छ । ज्वरो १०२ डिग्री फरेनहाइट वा योभन्दा बढी भए तत्काल स्वास्थ्य संस्था या अस्पताल लैजानुपर्छ । ज्वरो आएसँगै बेहोस हुने, गम्भीर टाउको दुख्ने, पखाला लाग्ने, बान्ता हुने, पिसाब पोल्नेजस्ता समस्या देखिएमा पनि तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ । गर्भवती महिलालाई ज्वरो आए चिकित्सकसँग सल्लाह लिनुपर्छ । निरन्तर लामो ज्वरो आए पनि परीक्षण गराउनुपर्छ ।
एन्टिबायोटिक खानेलाई
कतिपय रोगीले एन्टिबायोटिक सेवन गर्दा पनि ज्वरो आउँछ । छारेरोग तथा उच्च रक्तचापको औषधि सेवन गर्ने व्यक्तिलाई ज्वरो आउने गर्छ । कतिपय बालबालिकामा नियमित खोप लगाउँदा पनि ज्वरो आउन सक्छ । ज्वरो आउनुको कारण पत्ता लगाएर मात्रै उपचार गर्नु बुद्धिमानी हुन्छ ।
प्रस्तुति : भिषा काफ्ले