What you learn form this world? if you want to share. so connect with us and share for your friends and Family and the whole world.
Showing posts with label older. Show all posts

Wednesday, April 12, 2017
Wednesday, November 16, 2016
पाको उमेरमा ढाडको समस्या
Posted by: Naya Patrika May 29, 2016
उमेर ढल्किँदै गर्दा हाम्रो शरीरका हड्डी पातलो हुँदै जान्छ, जसले ढाड दुख्न थाल्छ । यो समयमा कहिलेकाहीँ हर्मनमा हुने असन्तुलन तथा कहिलेकाहीँ मांसपेशीको कारणले पनि ढाड दुख्न सक्छ । ३५ वर्ष उमेर कटेपछि मेरुदण्डको हड्डीको बीचको ‘डिस्क’ कमजोर हुन जान्छ । जसको कारण नसा च्यापिई ढाड तथा हातखुट्टामा समस्या आउन सक्छ । ५० वर्ष कटेका मानिसमा हड्डी खिएर पातलो तथा कमलो हुने समस्या बढी हुन्छ । हड्डी कमलो तथा पातलो हुँदा बांगो तथा ढाडको हड्डी च्यापिएर सानो कम्प्रेसन हुने र फुट्ने हुनाले कुप्रोपना हुन्छ । मांसपेशी तथा लिगामेन्ट कमजोर हुने हुनाले ढाड बांगो हुने, मेरुदण्डको हड्डी स्लिप हुने हुन सक्छ । ढाड दुख्ने अर्को प्रमुख समस्यामा ढल्किँदो उमेरमा हड्डी खिइँदै जँँदा हुन्छ । यस्तो समयमा खिइएको भागमा नयँँ हड्डी पलाउँदा नसा च्यापिएको हुन सक्छ । मेरुदण्डभित्रको स्पाइनल क्यानल लिगामेन्ट बाक्लो हुने तथा सोही ठाउँमा नयाँ हड्डी आउने हुँदा सँँघुरो हुन गई नसा च्यापिने सम्भावना बढी हुन्छ । मेडिकल भाषामा यसलाई ‘स्पाइनल इस्टेनोसिस’ भन्छन् । नसा च्यापिँदा ढाड तथा हातखुट्टा दुख्ने वा नसा कमजोर भई हिँडडुल गर्न नसकिने पनि हुन सक्छ ।
यी र यस्ता कारणबाट ढाड दुख्ने समस्याबाट बच्नका लागि वरिष्ठ हाडजोर्नीरोग विशेषज्ञ प्रा.डा. गणेश गुरुङले यस्तो सुझाब दिएका छन् ।
यी कुरामा विचार गर्नुपर्छ
नियमित व्यायाम गर्ने ।
हाडजोर्नीलाई चलायमान बनाइराख्नुपर्छ ।
जति चलायमान भयो, त्यति मान्छे र हड्डी बलियो हुन्छ, जति सुस्त भयो, त्यति समस्या बढ्दै जान्छ ।
धुम्रपान, मद्यपान नगर्ने ।
लामो समयको दुखाइ छ भन्दैमा जथाभावी पेनकिलर नखाने, यसले मिर्गाैलालाई खराब गराउँछ ।
बाथरोग भएकाले चिसोबाट जोगिनुपर्छ ।
तातो पदार्थ खानुपर्छ र शरीरलाई तातोपना दिलाउनुपर्छ ।
रक्सी र हाई प्रोटिनयुक्त खाना खानु हुँदैन ।
युरिक एसिड छ भने रातो मासु खानु हुँदैन ।
जोर्नी वा मांसपेशी दुख्नेले नियमित शारीरिक अभ्यास गर्नुपर्छ ।
ढाडको पनि नियमित व्यायाम गर्नुपर्छ ।
मोटोपना बढाउन हुँदैन ।
खाना प्रोटिनयुक्त खानुपर्छ, तर कार्बोहाइड्रेट र बोसोयुक्त खाना खानु हुँदैन ।

Subscribe to:
Posts (Atom)