Showing posts with label snake bite. Show all posts
Showing posts with label snake bite. Show all posts

Friday, November 11, 2016

सर्पदंशबाट बच्न

सर्पदंशबाट बच्न 

गर्मी मौसम सुरु भएसागै तराई क्षेत्रमा सर्पको टोकाइको डर बढ्न सुरु हुन्छ । साथै, पहाडी क्षेत्रमा पनि यसको प्रकोप बढ्दो छ । सर्पले टोकेमा यसको प्राथमिक उपचारमा विशेष ध्यान दिनुपर्छ । सर्पदंशमा प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा विज्ञको सुझाब यस्तो छ :
प्राथमिक उपचार
सर्पले डसेका वेला जो मान्छे नजिकमा हुन्छ उसले वा जसलाई डसेको हो ऊ आफैँले पनि प्राथमिक उपचार गर्नसक्छ । सबैभन्दा पहिला बिरामीलाई सान्त्वना दिनुपर्छ, किनभने धेरैको डरले पनि मृत्यु हुन्छ । डसेको हात वा खुट्टालाई हलचल हुन नदिनु एउटा प्रभावकारी उपाय हो । डसेको व्यक्तिलाई आरामसँग ढल्काएर सुताएर राख्नुपर्छ । । काम्रो लगाएर भए पनि डसेको हातखुट्टा हल्लिन दिनु हुँदैन । पीडितलाई तुरुन्त नजिकको सर्पदंश उपचार केन्द्रमा पुर्‍याउनुपर्छ ।
स्वास्थ्य केन्द्रमा
ल सर्पदंशपीडितमा विषाक्तताको लक्षण देखिएको छैन भने २४ घन्टा अवलोकन गर्ने ।
ल विषाक्तताको लक्षण देखापरेको छ भने प्रतिविष र अन्य थप उपचारबाट बिरामीको ज्यान बचाउन सकिन्छ ।
ल श्वासप्रश्वास प्रणालीमा पक्षघात भएका सर्पदंशका पीडितलाई जतिसक्दो छिटो कृत्रिम विधिबाट श्वास दिन उचित हुन्छ ।
ल पीडितको शरीरमा अक्सिजनको मात्रा ठीक सतहमा पुगेपछि मात्र उसलाई सन्चो हुने सम्भावना हुन्छ ।
तुरुन्तै व्यवस्था गर्ने
-एउटा स्लाइन चढाउने ।
-विषको असर छ/छैन जाँच्ने ।
-डसेको ठाउँभन्दा अन्यत्र स्नायुघात र रक्तश्राव भएको छ/छैन हेर्ने ।
-रक्तचाप अत्यन्त घट्ने, श्वास–प्रश्वास बन्द हुने, अकस्मात् अवस्था खस्कने र विषको प्रभाव बढ्दै जानेजस्ता लक्षण देखिएमा तत्काल ज्यान बचाउने उपायको खोजी गर्नुपर्छ ।
सुई लगाउनुपर्ने अवस्था
-स्नायुघात (आँखा उघार्न नसक्नु, मुख खोल्न नसक्नु र अरू माथि उल्लेख गरिएका लक्षण) हुनु ।
-शरीरका विभिन्न भागबाट स्वतस्फूर्त रक्तश्राव हुनु ।
जोगिने उपाय
-घर तथा खेल मैदानवरिपरि सफा राखौँ । झाडी, ढुंगा, हिलो र पातको थुप्रो राख्न हुँदैन ।
-खुट्टा ढाक्ने गरी लामो लुगा र बुट वा जुत्ता लगाउनुपर्छ ।
-राति अँध्यारोमा हिँड्दा टर्च वा बत्ती बालेर मात्र हिँड्ने गर्नुपर्छ ।
-ढुंगाको थुप्रो अथवा काठमा सर्प लुकेर बसेको हुनसक्छ, त्यसैले त्यस्ता ठाउँमा काम गर्दा सतर्क बन्ने ।
-केटाकेटीलाई सर्प हुनसक्ने क्षेत्रमा जानबाट रोक्ने ।
-आफ्ना क्षेत्रमा भएका विष नभएको सर्पका बारेमा जानकारी राख्नुपर्छ ।
– भुइँमा नसुत्ने ।
-झुल टाँगेर मात्र सुत्ने ।
-पालभित्र सुत्दा राम्ररी ढोका बन्द गरेर मात्र सुत्नुपर्छ ।
प्रा.डा. सञ्जीवकुमार शर्मा 
सल्लाहकार
ग्लोबल स्नेक बाइट इनिसिएटिभ
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान