Sunday, February 14, 2016

'हामीले कस्ता सँग संगत गर्नु पर्छ,?

गौतम बुद्धलाई कसैले सोधे – 'हामीले कस्ता सँग संगत गर्नु पर्छ, भगवन् ?'
'बुद्ध–पुरुषसँग, ' बुद्धले जवाफ पस्के ।
'यदि कुनै पनि खालका बुद्ध–पुरुष पाइएन भने कस्तासँग संगत गर्नु पर्ला भगवन् ?'
-'आफूजस्तै आध्यात्मिक मान्छेको संगतमा रहनु पर्दछ,' बुद्धले फेरि भने ।
'आफूजस्तो आध्यात्मिक मान्छे पनि भेट्टाउनै गार्हो छ भगवन्, के गर्ने ?'
'त्यसो भए जसरी जँगलमा गैंडा एक्लाएक्लै हिँड्छ त्यस्तै हिँड्नु बरु बेस हुन्छ तर कुसंगत गर्नै हुँदैन ' – बुद्धले कुरो टुंगाए ।
उपयुक्त – बुद्धका वचन कत्तिको व्यावहारिक एवं वैज्ञानिक छ ? यसको लेखाजोखा राख्न लियोनार्डो दा भिन्चीसँग सम्बन्धित एउटा घटना काफी हुने देखिन्छ ।
लियोनार्डो दा भिन्चीका दुई चित्र, विश्वविख्यात भएको एक मोनालिसा र अर्को द लास्ट सपर । यो दोस्रो चित्रमा उनले जिजसलाई मार्न एक दिनअघिको रातमा अन्तिम भोजन खुवाइएको चित्रण गरेका थिए । यस चित्रमा बेसर्त प्रेमका प्रतिमूर्ति जिजस र घुस खाएर आफ्ना गुरुलाई समाउन लाउने घृणाका प्रतिमूर्ति जुदासको चित्र बनाउनु थियो ।
दा भिन्चीले एउटा चर्चमा प्रार्थना गरेर निस्केका एउटा युवकलाई देखे । उनको मुहारमा ज्ञान एवं निश्छल प्रेमको ओज झल्किन्थो । त्यसैले त्यस ओजपूर्ण केटालाई आफुले बनाउन लागेको चित्र लास्ट सपरको जिजसको मोडेल बन्न आग्रह गरे । केटाले पनि सहर्ष स्वीकार गरे । चित्र कोर्न सकिन्छ , धन्यवाद दिइ दुबै छुटिन्छन् ।
अब कलाकार दा भिन्चीले दुनियाकै सबभन्दा घृणास्पद एवं गुरु द्रोही अनुहारको मोडेल खोज्न थाले । वर्षौ बित्दा पनि पाइएन । एकचोटि निराश भिन्ची मिलानको बेस्यालय क्षेत्रमा के घुमि रहेका थिए उनले आफूतिर बढिरहेका एक युवकलाई ठम्याए । उनी झसँग भए –कुरूपमा कुरूप, घृणास्पद गद्घार खाले मान्छे उनको अगाडि थियो ।
उनले मनमनै भने– हो, यस्तै अनुहारको खोज थियो मलाई । उनि युवकको नजदिक गए र प्रस्ताव राखे– 'महाशय, तपाई मेरो चित्रको मोडेल बन्नु हुन्छ कि ? केटाले पैसा लिने शर्तमा स्वीकार गरे । गुरुद्रोही जुदासको चित्र तयार भयो । र, त्यसपछि उन्नले हाँसेर भने, 'कलाकार महोदय तपाईले – मेरो तस्बीर दुई दुई चोटी बनाउनु भयो । जसलाई जिजसको रूपमा चित्रण गर्नुभयो त्यो मोडल पनि मै थिएँ, हा हा हा ।'
दा भिन्ची झस्के – 'कसरी तपाई ‘जिजस’ बाट जुदास जस्तो पात्र देखिनु भयो ?' आँखाबाट बर्बर आँसु झार्दै त्यो केटाले भने–' कुसँगतकै कारण । पहिला म चर्च जान्थेँ र जिजसजस्तै बन्न चाहन्थेँ , सबै ठीक हुदै थियो । पछि रक्सी खाइयो, बेस्या बृत्ति गरियो त्यस्तै डकैड गर्नेहरूसित सँगत हुँदै गयो र त म पनि शारीरिक एवंम मानसिक रूपमा त्यस्तै भएँ ।'
र त बुद्धले भनेका, 'बरु एक्लै हिँड तर गलत साथी नबनाऊ।'
- लेखक:- डक्टर योगी विकासानन्द

No comments:

Post a Comment