Thursday, October 6, 2016

पशुबलि दैबी शक्ति लाई दिएको चुनौती हो

सनातन हिन्दू धर्मको मुलभुत तत्वज्ञान यती महान छ कि यसको प्रत्येक सिदान्त बिधानमा विश्व कल्याणको,मानवताको चरम उत्थानको सम्भावना निहित रहेको छ। हाम्रा पुर्वज ॠषि मनिषीहरुले यस् महान धर्मको ढाचाको यती उच्च कोटिको आदर्श बाट निर्माण गरेका छन कि जस्लाई ब्यहारमा उतार्न सकेको खण्डमा त्यहा स्वर्गिय बातावरण तत्काल  पैदा हुन सक्दछ।तर बिडम्बना पछील्लो मध्याकालिन अन्धाकार युगमा यस केही स्वार्थी ब्याक्तीले आफ्नो स्वार्थ पुरा गर्न केही अनैतीक एवम अहितकार र रुढ मान्यता हरु घुसाइदिएका छन।जुन अहिले हामी सामु यो अवस्थामा अाइपुगेको छ। 

सनातन हिन्दू धर्ममा अनेकौ बिक्रिती र मुढ मान्यताहरु मध्य प्रबल जघन्य क्रित्यको रुपमा पशुबली लाई लिन सकिन्छ जसले मानव समुदाय मात्रै नभै सनातन धर्मलाई नै कलंकीत पारीदिएको छ।मुक पशुपन्छिलाई देवी देवता नाममा काट्नु भनेको तिनै देवीको समुपूर्ण महिमा लाई समाप्त पार्दै उनलाई सारा सभ्य समाजको सामु घ्रिणित,निन्दित,निच,क्रुर एवम हत्यारा सिद्द गराउनु हो।यसरी देवीको नाममा अमुक देवीलाई बली दीईन्छ भने यसै कारण उनलाई असिम कस्ट तथा देब समुदायमा लाज्जित आफ्नो भक्तको यस् प्रकारको कुक्रित्य बाट हुने गर्दछ। किन कि देवता शब्दको अर्थ नै दिब्यता,दया,प्रेम,करुणा,दान,उदारता,सहायता आदी सत्प्रब्रिती हरु हुन।यदी देवी देवतामा छैन र निर्दोष पशु पंक्षिको रगत भोग गर्ने इच्छा राख्दछिन भने उसलाई कसरी देवी र देवता भन्ने? त्यो त अशुर हो पिशाच राक्षस हो।

यसरी देवताको गौरबको नस्ट गर्दै उनलाई यो दुनियाको

 सभ्य समाजको अगाडि खराब रुपमा प्रमाणित गराउन खोज्नु भनेको उनै देवी सँग दुस्मनी गर्न खोज्नु हो।यसरी उनैको बेइज्जत र कलङ्कित पार्न खोज्ने हरु सँग खुशी हुँदै कसरी बरदान दिन सक्छिन। बरु यस् बाट उल्टै अत्याधिक मात्रामा रोग,शोक र अनेकौ दु:ख भोग्नु पर्दछ।बली दिएर अहिले सम्म को पूजनिय र महात्मा बनेको छ। शास्त्रमा मा पनि कही पनि अर्थपूर्ण तवर ले निहत्था पशुको बली चढाउ भनिएको छैन।शास्त्रको कुनै स्लोक मा मानीसले आफ्नो आध्यात्मिक उच्चता प्राप्ती गर्दै मोक्षता को लागि मानीस भित्रको पशुता रुपी दुर्गुण तत्वहरु को बली चढाउनु भनेर आलङ्कारीक रुपमा बताइएको छ यसको यो थिएन कि निर्दोश पशु पंक्षि को हत्या गर। शास्त्रले त मानिसलाइ आफ्नो कारणले तन्,मन,बचनको कुनै पनि तवर बाट हिङ्शा गर्न हुँदैन भनेर आदेश दिने शास्त्रले कसरी निमुखा प्राणीको हत्या गर्न भन्न सक्दछ। त्यसैले पशुबली धर्मअनुसार छ भनेर कसैले भन्दछ भने त्यो सरासर त्यो भनाइ स्वार्थपूर्ण छ। 

उपनिषद अनुसार भनिएको छ.
"काम क्रोध लोभादय:पशुव:।"
"काम्,क्रोध,लोभ,मोह यो सब पशु हुन यसलाई मारेर यज्ञमा हवन गर्नु  

महानिर्वाण तन्त्र अनुसार 
"काम्क्रोधौ द्वौ पशु इमावेव मनसा बलिमर्पयते। 
काम क्रोधौ विघ्नक्रितौ बली दत्वा जपं चरेत् ।।"
काम र क्रोध रुपी दुबइ बिघ्नकारी पशुको बलिदान गरेर उपासना गर्नु पर्दछ,यही शास्त्रोक्त बलिदान को रहस्य हो। 

त्यसैले शास्त्र तथा धर्म ले कहिले पनि पशुप्रती हिङ्शा गर भनेको छैन। यदी कही कतै भनिएको छ भने त्यो सन्दर्ब बुझाउन आलाङ्कारीक रुपमा बताउन खोजिएको शब्दवली मात्रै हो।

हरेक नवरात्री मा आफ्नो कुलपुजा मा पशु हत्या गरी त्यो कुलका सन्तान लाई त्यस्तै प्रकारको प्रेरणा बचाउनु पर्दछ।धेरै ब्यक्ती हरुले आफ्नो सवारी साधनमा मा पनि बली चढाइेको देखिन्छ यो त एक मुर्खता पूर्ण क्रित्य बाहेक अरु केइ होइन ।यसरी बिभिन्न बहाना मा आफ्नो स्वार्थ ले गर्दा यो परम्पारा फल्दै फुल्दै अैरहेको छ। त्यसैले धर्मको नामबाट सयौ वर्ष देखी पशु बलिको चलिरहेको वंश लाई अन्त्य गर्नु आज एक्काइसौ शताब्दीको बिबेकशिल मानीस को दायित्व हो।यस प्रकारको मुढता मा नत धर्मको अर्थ छ न त वैज्ञानीकता नै छ ।अमुढ मान्यताले चल्दै अैरहेको अन्ध परम्परालाई नस्ट गर्नु आज को सभ्य नागरिक को परम धर्म हो। यस् प्रकारको सोच र भावना अनुसार सम्पूर्ण सनातन हिन्दु धर्मअनुरागीहरुले धर्ममा लागिरहेको कलङ्कको टिका मेटाउनु नै परम धर्म र कर्तब्य हो

From
http://umeshkc1309.blogspot.com.au/2016/10/blog-post_30.html?spref=fb

No comments:

Post a Comment