Tuesday, November 1, 2016

किन पच्दैन कुकुरलाई घ्यु ?

किन पच्दैन कुकुरलाई घ्यु ?
डा. अर्जुन अर्याल
पशुचिकित्सक, केन्द्रीय पशु चिकित्सालय

भलो गर्दागर्दै पनि कुभलो नै चिताइरहने स्वभावका व्यक्तिलाई इंगित गर्ने एउटा नेपाली भनाइ छ– कुकुरलाई घ्यु नपचेको । त्यसो त कुकुरले घ्यु राखेको चिल्लो खाना खासै रुचाउादैन पनि । हड्डी कोपर्ने कुकुरलाई धेरै चिल्लो खुवाउन नहुने पनि बताइन्छ । पशुचिकित्सकहरू कुकुरको पाचनक्रिया पनि मानिससाग मिल्दोजुल्दो हुने बताउाछन् । हल्काफुल्का चिल्लोले खासै असर नगरे पनि घ्यु या बढी चिल्लोयुक्त खाना खुवाउादा कुकुरलाई रोगको खतरा हुने बताउाछन्, पशुचिकित्सक डा. अर्जुन अर्याल :

पाचनक्रियामा असर
कुकुरलाई घ्यु नै नपच्ने भन्ने होइन । मान्छे र कुकुरको पाचन सिस्टम लगभग एउटै हुन्छ । तर, धेरै नै चिल्लो भने कुकुरलाई ठीक होइन । चिल्लो खाना सकेसम्म नखुवाएकै ठीक हुन्छ । घ्यु मात्रै होइन, बोसोयुक्त बढी चिल्लो मासुले पनि कुकुरको पाचनक्रियामा समस्या निम्त्याउने खतरा हुन्छ । प्यान्क्य्राटाइटिसको समस्या हुनसक्छ ।
छालारोग
जिंक, ओमेगा थ्री, ओमेगा ६, फ्याटी एसिड कुकुरको छालालाई चाहिने तत्त्व हुन् । कुकुरको शरीरमा यस्ता तत्त्वको अभाव भयो भने छालामा विभिन्न रोग निम्तिने गर्छन् । चिल्लो धेरै खुवायो भने पाचनक्रिया कमजोर भएर आवश्यक तत्त्व कुकुरले शरीरमा लिन पाउँदैन । धेरै चिल्लो खुवाए कुकुरको छालामा रोग निम्तिने, रौँ झर्ने तथा झुम्रे हुने हुन्छ ।
कलेजोमा समस्या
बढी फ्याट भएको खानाले कुकुरको लिभर (कलेजो)मा समस्या हुन्छ । बोसोयुक्त खानाले कुकुर आवश्यकताभन्दा बढी मोटाउने र कलेजोका रोग निम्त्याउने सम्भावना बढी हुन्छ । कुकुरलाई वेटअनुसार खानामा चिल्लोको मात्रा मिलाएर खुवाउनुपर्छ ।
मुटुरोग
कम्पाउन्डमा घेरेर राखिएको कुकुरलाई चिल्लो खाना बढी खुवाउँदा मुटुसम्बन्धी समस्या निम्तिने खतरा रहन्छ । कम्पाउन्डमा कैद कुकुरको शारीरिक कसरत कम हुन्छ र चिल्लो पचाउन सक्दैन ।
यस्तो खाना खुवाउने
फ्याट कम भएको खाना कुकुरलाई उत्तम हुन्छ । लो डेन्सिटी लिपिट कोलेस्ट्रोलयुक्त खुवाउनुपर्छ । मासु पनि ब्वायल्ड गरेर खुवाउनु ठीक हुन्छ । चिल्लो कत्ति पनि खुवाउनै हुन्न भन्ने होइन, तर कुकुरको वेटअनुसार चिल्लोको मात्रा मिलाउन सक्नुपर्छ । कुकुरले कसरत कत्तिको गरेको छ भन्ने कुराले पनि चिल्लो कति खुवाउने भन्नेमा भर पर्छ । सहरिया घरमा पालिएका तथा खेल नखेलाइने कुकुरलाई चिल्लोयुक्त खाना नखुवाउनु नै राम्रो हुन्छ ।

No comments:

Post a Comment