Tuesday, November 15, 2016

अदुवाका यस्ता फाइदा

Posted by: Naya Patrika June 7, 2016 

  • एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाई फिटेर बिहान र बेलुका मनतातो पानीमा खाने गरेमा दम खोकी ठीक हुन्छ ।
  • चिसोको बाथ र कम्मर दुखेमा आधा चम्चा सुठोको धुलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकताअनुसार नुन वा चिनी हालेर बिहान काँडा पिउने गरेमा ठीक हुन्छ ।
  • उल्टी भएमा अदुवा र प्याजको रस समान मात्रामा मिलाएर तीन–तीन घन्टाको अन्तरमा एक–एक चम्चा लिनाले उल्टी हुन बन्द हुन्छ ।
  • ज्वरो आएका वेला अदुवा र पुदिनाको काँडा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ ।
  • आधा चम्चा अदुवाको रसमा हिङ र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या ठीक हुन्छ ।
  • सास गनाउने समस्या भएकाले अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ ।
  • भोक नलागेमा वा पेट सफा नभएमा अदुवामा नुन मिलाएर एक हप्तासम्म दिनमा एकपटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्नेसमेत गर्दछ ।

No comments:

Post a Comment