Wednesday, November 16, 2016

पाको उमेरमा ढाडको समस्या

Posted by: Naya Patrika  May 29, 2016

उमेर ढल्किँदै गर्दा हाम्रो शरीरका हड्डी पातलो हुँदै जान्छ, जसले ढाड दुख्न थाल्छ । यो समयमा कहिलेकाहीँ हर्मनमा हुने असन्तुलन तथा कहिलेकाहीँ मांसपेशीको कारणले पनि ढाड दुख्न सक्छ । ३५ वर्ष उमेर कटेपछि मेरुदण्डको हड्डीको बीचको ‘डिस्क’ कमजोर हुन जान्छ । जसको कारण नसा च्यापिई ढाड तथा हातखुट्टामा समस्या आउन सक्छ । ५० वर्ष कटेका मानिसमा हड्डी खिएर पातलो तथा कमलो हुने समस्या बढी हुन्छ । हड्डी कमलो तथा पातलो हुँदा बांगो तथा ढाडको हड्डी च्यापिएर सानो कम्प्रेसन हुने र फुट्ने हुनाले कुप्रोपना हुन्छ । मांसपेशी तथा लिगामेन्ट कमजोर हुने हुनाले ढाड बांगो हुने, मेरुदण्डको हड्डी स्लिप हुने हुन सक्छ । ढाड दुख्ने अर्को प्रमुख समस्यामा ढल्किँदो उमेरमा हड्डी खिइँदै जँँदा हुन्छ । यस्तो समयमा खिइएको भागमा नयँँ हड्डी पलाउँदा नसा च्यापिएको हुन सक्छ । मेरुदण्डभित्रको स्पाइनल क्यानल लिगामेन्ट बाक्लो हुने तथा सोही ठाउँमा नयाँ हड्डी आउने हुँदा सँँघुरो हुन गई नसा च्यापिने सम्भावना बढी हुन्छ । मेडिकल भाषामा यसलाई ‘स्पाइनल इस्टेनोसिस’ भन्छन् । नसा च्यापिँदा ढाड तथा हातखुट्टा दुख्ने वा नसा कमजोर भई हिँडडुल गर्न नसकिने पनि हुन सक्छ ।

यी र यस्ता कारणबाट ढाड दुख्ने समस्याबाट बच्नका लागि वरिष्ठ हाडजोर्नीरोग विशेषज्ञ प्रा.डा. गणेश गुरुङले यस्तो सुझाब दिएका छन् ।
यी कुरामा विचार गर्नुपर्छ
नियमित व्यायाम गर्ने ।
हाडजोर्नीलाई चलायमान बनाइराख्नुपर्छ ।
जति चलायमान भयो, त्यति मान्छे र हड्डी बलियो हुन्छ, जति सुस्त भयो, त्यति समस्या बढ्दै जान्छ ।
धुम्रपान, मद्यपान नगर्ने ।
लामो समयको दुखाइ छ भन्दैमा जथाभावी पेनकिलर नखाने, यसले मिर्गाैलालाई खराब गराउँछ ।
बाथरोग भएकाले चिसोबाट जोगिनुपर्छ ।
तातो पदार्थ खानुपर्छ र शरीरलाई तातोपना दिलाउनुपर्छ ।
रक्सी र हाई प्रोटिनयुक्त खाना खानु हुँदैन ।
युरिक एसिड छ भने रातो मासु खानु हुँदैन ।
जोर्नी वा मांसपेशी दुख्नेले नियमित शारीरिक अभ्यास गर्नुपर्छ ।
ढाडको पनि नियमित व्यायाम गर्नुपर्छ ।
मोटोपना बढाउन हुँदैन ।
खाना प्रोटिनयुक्त खानुपर्छ, तर कार्बोहाइड्रेट र बोसोयुक्त खाना खानु हुँदैन ।

No comments:

Post a Comment