Friday, November 11, 2016

सर्पदंशबाट बच्न

सर्पदंशबाट बच्न 

गर्मी मौसम सुरु भएसागै तराई क्षेत्रमा सर्पको टोकाइको डर बढ्न सुरु हुन्छ । साथै, पहाडी क्षेत्रमा पनि यसको प्रकोप बढ्दो छ । सर्पले टोकेमा यसको प्राथमिक उपचारमा विशेष ध्यान दिनुपर्छ । सर्पदंशमा प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा विज्ञको सुझाब यस्तो छ :
प्राथमिक उपचार
सर्पले डसेका वेला जो मान्छे नजिकमा हुन्छ उसले वा जसलाई डसेको हो ऊ आफैँले पनि प्राथमिक उपचार गर्नसक्छ । सबैभन्दा पहिला बिरामीलाई सान्त्वना दिनुपर्छ, किनभने धेरैको डरले पनि मृत्यु हुन्छ । डसेको हात वा खुट्टालाई हलचल हुन नदिनु एउटा प्रभावकारी उपाय हो । डसेको व्यक्तिलाई आरामसँग ढल्काएर सुताएर राख्नुपर्छ । । काम्रो लगाएर भए पनि डसेको हातखुट्टा हल्लिन दिनु हुँदैन । पीडितलाई तुरुन्त नजिकको सर्पदंश उपचार केन्द्रमा पुर्‍याउनुपर्छ ।
स्वास्थ्य केन्द्रमा
ल सर्पदंशपीडितमा विषाक्तताको लक्षण देखिएको छैन भने २४ घन्टा अवलोकन गर्ने ।
ल विषाक्तताको लक्षण देखापरेको छ भने प्रतिविष र अन्य थप उपचारबाट बिरामीको ज्यान बचाउन सकिन्छ ।
ल श्वासप्रश्वास प्रणालीमा पक्षघात भएका सर्पदंशका पीडितलाई जतिसक्दो छिटो कृत्रिम विधिबाट श्वास दिन उचित हुन्छ ।
ल पीडितको शरीरमा अक्सिजनको मात्रा ठीक सतहमा पुगेपछि मात्र उसलाई सन्चो हुने सम्भावना हुन्छ ।
तुरुन्तै व्यवस्था गर्ने
-एउटा स्लाइन चढाउने ।
-विषको असर छ/छैन जाँच्ने ।
-डसेको ठाउँभन्दा अन्यत्र स्नायुघात र रक्तश्राव भएको छ/छैन हेर्ने ।
-रक्तचाप अत्यन्त घट्ने, श्वास–प्रश्वास बन्द हुने, अकस्मात् अवस्था खस्कने र विषको प्रभाव बढ्दै जानेजस्ता लक्षण देखिएमा तत्काल ज्यान बचाउने उपायको खोजी गर्नुपर्छ ।
सुई लगाउनुपर्ने अवस्था
-स्नायुघात (आँखा उघार्न नसक्नु, मुख खोल्न नसक्नु र अरू माथि उल्लेख गरिएका लक्षण) हुनु ।
-शरीरका विभिन्न भागबाट स्वतस्फूर्त रक्तश्राव हुनु ।
जोगिने उपाय
-घर तथा खेल मैदानवरिपरि सफा राखौँ । झाडी, ढुंगा, हिलो र पातको थुप्रो राख्न हुँदैन ।
-खुट्टा ढाक्ने गरी लामो लुगा र बुट वा जुत्ता लगाउनुपर्छ ।
-राति अँध्यारोमा हिँड्दा टर्च वा बत्ती बालेर मात्र हिँड्ने गर्नुपर्छ ।
-ढुंगाको थुप्रो अथवा काठमा सर्प लुकेर बसेको हुनसक्छ, त्यसैले त्यस्ता ठाउँमा काम गर्दा सतर्क बन्ने ।
-केटाकेटीलाई सर्प हुनसक्ने क्षेत्रमा जानबाट रोक्ने ।
-आफ्ना क्षेत्रमा भएका विष नभएको सर्पका बारेमा जानकारी राख्नुपर्छ ।
– भुइँमा नसुत्ने ।
-झुल टाँगेर मात्र सुत्ने ।
-पालभित्र सुत्दा राम्ररी ढोका बन्द गरेर मात्र सुत्नुपर्छ ।
प्रा.डा. सञ्जीवकुमार शर्मा 
सल्लाहकार
ग्लोबल स्नेक बाइट इनिसिएटिभ
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

No comments:

Post a Comment