Wednesday, November 16, 2016

हात मिलाउनुभन्दा नमस्कार गर्नु ठीक

Posted by: Naya Patrika  May 14, 2016

हात मिलाउनु हामी नेपालीको पुरानो संस्कार होइन । एक–अर्कालाई सम्मान र स्वागतका लागि नमस्कार गर्ने हाम्रो पुरानो चलन हो । नमस्कारबारे हिन्दू धर्मशास्त्रमा विभिन्न व्याख्या गरिएको छ । अहिले पश्चिमाहरूले समेत नमस्कार गर्ने संस्कार वैज्ञानिक रहेको अनुसन्धान सार्वजनिक गरेका छन् । पश्चिमाहरूकै सिको गरेर अभिवादनस्वरूप हात मिलाउने संस्कार हाम्रोमा भित्रिएको हो । उनै पश्चिमाहरूले अनुसन्धान गरी हात मिलाउनुभन्दा नमस्कार गर्नु ठीक भनेका छन् ।

‘जब दुई व्यक्ति हात मिलाउँछन्, उनीहरूको शरीरको तरंग औँलाको माध्यमबाट एक–अर्काको शरीरमा प्रसारित हुन्छ,’ बेलायतको मेडिकल रिसर्च काउन्सिलका शोधकर्ताहरूले एक अध्ययनपछि भनेका छन्, ‘यतिवेला कुनै व्यक्तिको शरीरमा नकारात्मक तरंग छ भने अर्कोमा उस्तै प्रभाव पर्न जान्छ ।’ यसकारण हात मिलाउनुभन्दा नमस्कार गर्नु ठीक हुने उनीहरूको निष्कर्ष छ ।

हात मिलाउँदा धेरै रोग एक–अर्कामा सर्ने खतरा रहन्छ । स्वाइनफ्लु, यौनरोग, इबोला, हेपाटाइटिस ए, ई, बी, सी, लेप्टो इरोसिस हैजा, झाडापखाला, रुखाखोकीलगायत धेरै रोग सर्ने सम्भावना रहन्छ । नेपालका स्वास्थ्य विज्ञहरूले पनि यो जनचेतना दिँदै आएका छन् । विज्ञहरूका अनुसार सामान्य व्यक्तिले साबुन पानीले हात नधोएसम्म आफ्नै मुखसमेत छुन नहुने उनीहरूको सुझाब रहने गरेको छ ।

बेलायतको मेडिकल रिसर्च काउन्सिलको शोधकर्ताका अनुसार हात मिलाउँदा यसको सीधा प्रभाव आँखा, कान र दिमागमा पर्छ । उनीहरूले थप भनेका छन्– हात मिलाउँदाजस्तो असर नमस्कार गर्दा पनि पर्छ । यसकारण नमस्कार गर्नु नै ठीक छ ।

No comments:

Post a Comment