Wednesday, November 16, 2016

गर्भभित्र बच्चाले किन हान्छन् लात्ती ?

Posted by: Naya Patrika May 15, 2016

आमा बनिसकेकालाई अनुभव होला, बच्चा गर्भमा रहँदा पटक–पटक पेटमा लात्ती हानेको । आमा बन्नेवालाले पनि अनुभव लिन पाउनुहोला । आमा बन्नेहरू भन्छन्– बच्चाले पेटमा लात्ती हान्दा मन ढुक्क हुन्थ्यो, ऊ तन्दुरुस्त छ भनेर । तर, अनुभव लिनेमध्ये कमैलाई थाहा होला, गर्भको बच्चाले आखिर किन हान्यो लात्ती ?
  • चिकित्सकहरू भन्छन्, गर्भको बच्चाले पेटमा लात्ती हानिरहन्छ भने उसको स्वास्थ्य राम्रो छ र गर्भमा ऊ सक्रिय छ भन्ने बुझ्न सकिन्छ । लात्ती कम हान्ने बच्चाको स्वास्थ्य उत्तम छैन भन्ने जान्नुपर्छ । उसमा पर्याप्त अक्सिजन आपूर्ति नभएको हुनसक्छ ।
  • गर्भको बच्चाले वातावरणमा आएको परिवर्तनप्रति तुरुन्त प्रतिक्रिया देखाउँछ । विशेषगरी बाहिरी वातावरणमा कुनै आवाज गुन्जिएको सुन्यो भने तुरुन्त प्रतक्रियास्वरूप लात्ती मार्छ ।
  • गर्भवती आमा बायाँ कोल्टिएर सुतेकी छिन् भने बच्चाले बढी लात्ती हान्छ । आमा बायाँ कोल्टिएर सुत्दा गर्भको बच्चाको शरीरमा रक्त आपूर्ति बढ्ने गर्छ र उसले बढी हलचल गर्ने चिकित्सकहरू बताउँछन् ।
  • बच्चा जब ९ हप्ता पूरा हुन्छ तब लात्ती मार्न सुरु गर्छ । पहिलोपटक गर्भवती भएका आमाको हकमा यो लागू हुन्छ । तर, आमा दोस्रोपटक गर्भवती भएकी छिन् भने बच्चाले १३ हप्ता पूरा भएपछि लात्ती हान्न थाल्छन् ।
  • ३६ हप्ता पूरा भएपछि बच्चाले कम लात्ती हान्छ । यो अवस्थामा कुनै चिन्ता लिनुपर्दैन ।

No comments:

Post a Comment