Thursday, November 17, 2016

फास्टफुड खाएपछि व्यायाम आवश्यक

Posted by: nayapatrika February 23, 2016 

डा. क्रिस्टिना पिटरसन

अधिकांश सहरियाको रुचि आजकाल फास्टफुडमा बढी देखिन्छ । अफिस समयमा खाजाका लागि धेरैको रोजाइ फास्टफुड नै हुने गरेको छ । होटेल र रेस्टुरेन्टहरूमा बर्गर, स्यान्डविच, पिज्जाजस्ता परिकारमा जिब्रो मिठ्याउने नेपालीको संख्या बढिरहेको पाइन्छ । तर, हाइ क्यालोरीयुक्त परिकार खानेहरूलाई चिकित्सकहरू यस्तो सुझाब दिन्छन् :
छिटो तयार हुने र जिब्रोलाई स्वाद लाग्ने फास्टफुडमा क्यालोरीको मात्रा धेरै हुन्छ । फास्टफुड खाएपछि शरीरमा प्राप्त क्यालोरी सामान्य अवस्थामा घट्दैन । अधिक क्यालोरी शरीरका लागि हानिकारक हुन सक्छ । क्यालोरी घटाउन कसरत गर्नैपर्छ । एक अध्ययनका अनुसार फास्टफुड खाएपछि शरीरमा तयार हुने क्यालोरी घटाउन अत्यधिक ऊर्जा, व्यायाम र समय आवश्यक पर्छ ।  अस्ट्रेलियाको सिड्नीस्थित ‘जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थ’का शोधकर्ताले केही खास परिकार खाएपछि बढ्ने क्यालोरी पगाल्न व्यायाम आवश्यक पर्ने बताएका छन् । बर्गर, सलाद, स्यान्डविच, पिज्जाजस्ता
केही चलेका फास्टफुड समावेश गराएर अनुसन्धान गरिएको थियो । ‘इन्स्टिच्युट फुड पोलिसी डिभिजन’की डा. क्रिस्टिना पिटरसन भन्छिन्, ‘यस्ता हाइ क्यालोरीयुक्त परिकार खाएपछि आधा घन्टाभन्दा बढी समय व्यायामको आवश्यकता पर्छ ।’ त्यसैले क्यालोरी बढी पाइने फास्टफुडमा रमाउनेहरूलाई स्वास्थ्यप्रति सजग हुन पनि उनले सचेत गराएकी छिन् ।

No comments:

Post a Comment