Thursday, November 17, 2016

दाँतमा किरा लाग्न नदिन के गर्ने ?

Posted by: nayapatrika February 22, 2016 

दैनिक खानपिनमा सामान्य गल्ती गर्दा मुखमा समस्या देखिन सक्छ । किराले दाात खाएकाले दुखाइ सहेर बसिरहेकाहरू हामीले देखिरहेका हुन्छौा । आखिर के कारणले हुन्छ त यस्ता समस्या ? दाात र गिजालाई स्वस्थ राख्न के गर्नुपर्छ ? भन्ने विषयमा भिषा काफ्लेले वरिष्ठ दन्तचिकित्सक डा. बुद्धिमान श्रेष्ठसाग सल्लाह र सुझाब मागेका छन्:

दाँतमा किरा कसरी लाग्छ ? 
हामीले खाएको खाना दाँतमा अड्कियो र त्यसलाई राम्ररी सफा गर्न सकिएन भने दाँतमा किरा लाग्ने सम्भावना बढी हुन्छ । यस्तो खाना दाँत र दाँतका बीचमा, खाना चपाउने सतहमा अड्किन सक्छ । सो खानालाई मुखमा भएका ब्याक्टेरियाले सडाउँछ । ब्याक्टेरियाले पुन: सडेको खानामा रियाक्सन गरी एसिड निकाल्छ । त्यो एसिडले दाँतलाई जोगाउने इनामेललाई पगाल्ने काम गर्छ । दाँतमा खाना अड्किने, ब्याक्टेरिया सक्रिय हुने समय र वातावरण एकैपटक मिल्न गएमा दाँतको इनामेललाई कमजोर बनाउँछ ।
विशेषगरी, मुख सुक्खा भएको समयमा ब्याक्टेरियाले खानाको कणलाई कुहाउने समय मिल्यो भने ल्याक्टिक एसिड बन्छ । त्यसले गर्दा हामीले खाएको खाना सड्दै जान्छ र दाँत खिइँदै जान्छ । ब्याक्टेरियाले थप कुहाउँदै जाँदा प्वाल पर्न सुरु हुन्छ । यो खाना जति पुरानो हुन्छ, ब्याक्टेरिया त्यति सक्रिय हुन्छ र दाँतमा प्वाल पार्ने क्रम बढ्दै जान्छ । किराले खाएको दाँत हेर्दा कुनै कालो, कुनै पहेँलो हुन्छ । कहिलेकाहीँ सेतो पनि हुन्छ ।
के हो मुखस्वास्थ्य ?
हाम्रो मुखभित्र र वरिपरिका भागको समग्र अंग स्वस्थ राख्नु नै मुखस्वास्थ्य हो । यसमा मुख, दाँत, गिजा, गिजालाई सपोर्ट गर्ने तन्तु, दाँत अडिने हड्डी (एल्बोलर बोन), म्युकोसा, हार्ड प्यालेट, सफ्ट प्यालेट, जिब्रो, ओठ र म्याग्जिला, माथिल्लो च्यापु, तल्लो च्यापु, टेम्प्रो मेन्डुवुलर ज्वाइनलगायत पर्दछन् । एउटा स्वस्थ मानिसले स्वच्छ खाना खान, बोल्न र सुन्दर देखिन यी सबै अंग स्वस्थ हुनुपर्छ ।
मुख वा मुखको वरपर घाउ–खटिरा आउने
हामीले खानपानमा ध्यान दिएनौँ, खाइसकेपछि राम्ररी सफा गरेनौँ भने मुख वा मुखको वरपर घाउ–खटिरा आउँछ । त्यसका साथै कहिलेकाहीँ विभिन्न खालका ट्युमर पनि आउन सक्छ । त्यस्तै, तातो मसलादार खाना खाँदा चहर्‍याउने, मुखभित्र विभिन्न किसिमका दाग देखिने पनि हुन्छ । कहिलेकाहीँ जिब्रो, ओठको छेउमा खटिरा पनि आउन सक्छ ।  भिटामिन बी कम्प्लेक्सको कमीले कतिपय खटिरा देखिन सक्छ । कतिपय अवस्थामा खाना खाइसकेपछि राम्ररी सफा नगर्दा नै यस्ता खटिरा हुन्छ । सरसफाइमा राम्ररी ध्यान दिँदा ९० प्रतिशत यस्ता रोग आफैँ नियन्त्रणमा राख्न सकिन्छ ।
गिजामा समस्या
खाएपछि कतिपय खाना दाँतको कापमा टाँसिन्छ । राम्ररी ब्रस गरिएन र सफा गरिएन भने त्यस्तो खाना थुप्रँदै जान्छ । त्यसलाई दन्तलेउ भनिन्छ । सो लेउ अड्किएको १४ घन्टापछि पत्थरमा परिणत हुन्छ । पत्थर बनेपछि दाँत र गिजाको जोडिने भागमा टाँसिन्छ ।
दन्तपत्थरमा परिवर्तन भइसकेपछि सामान्य ब्रसले सफा गर्न सकिँदैन । त्यसले गिजालाई दबाब दिँदै भित्र जान थाल्छ । भित्र छिरेपछि पहिले सुनिन्छ, चिलाउँछ, रातो हुन्छ, रगत आउँछ । यस अवस्थामा पनि हामीले उपचार गरेनौँ भने गिजा अडिने जरालाई नै नष्ट गरिदिन्छ । त्यसले दाँतको जरालाई आफ्नो ठाउँबाट छुटाउँदै जान्छ । यसो भएमा त्यहाँबाट पिप आउने क्रम सुरु हुन्छ । दाँत झर्न पनि सक्छ ।
किन फ्लोराइडयुक्त मञ्जन ?
फ्लोराइडले दाँतलाई रक्षा गर्ने इनामेल तयार गर्छ । यसले इनामेलको सतहलाई दह्रो बनाउँछ । इनामेलले ब्याक्टेरियाबाट दाँतलाई हुने हानिबाट बचाउँछ । यसले इनामेलको सतह नै बनाइदिन्छ । धेरै कोल्ड ड्रिंक, कफी पिउँदा फ्लोराइड बढी भयो भने दाँतमा दाग बस्ने र फुल्ने पनि हुन सक्छ ।
मुख स्वस्थ राख्न के गर्ने ?
  • स्वस्थकर खाना मात्र खाने ।
  • स्वच्छ र ताजा खानेकुरा खाने ।
  • खाना खाइसकेपछि फ्लोराइडयुक्त मञ्जनले अनिवार्य दाँत माझ्ने ।
  • कम्तीमा ६ महिनामा एकपटक मुखस्वास्थ्यको जाँच गराउने ।
  • मद्यपान, धुम्रपान नगर्ने, अझ यी दुवै कुरा कहिल्यै पनि एकैपटक   गर्दै नगर्ने, दाँतका लागि यो सबैभन्दा खतरा हो ।
  • जुनसुकै खाना खाएपछि खाना चपाउने हरेक सतहलाई सफा गर्ने ।
  • दाँत र दाँतको बीचको भगलाई ब्रसले सफा गर्ने ।
  • कहिलेकाहीँ ब्रसले मात्र सफा भएको हुँदैन, त्यसाई डेन्टर फ्लप्सले सफा गर्ने ।
  • दाँतमा टाँसिने खाना, जंकफुड, गुलियो खाना कम गर्ने ।
  • रेसादार खाना र फलफूल खाने ।

No comments:

Post a Comment