Wednesday, November 16, 2016

लामो समय एन्टिबायोटिक खानु घातक

Posted by: Naya Patrika  May 27, 2016

लामो समयसम्म एन्टिबायोटिक सेवनले साइडइफेक्ट निम्त्याउने चेतावनी चिकित्सकहरूले दिँदै आएका छन् । सबैभन्दा गम्भीर पाटो यो हो कि यस्ता औषधिको सीधा असर दिमागमा पर्छ । पछिल्लोपटक फ्रान्सको बर्लिनस्थित म्याक्स डेलब्रक सेन्टर फर मलिक्युलर मेडिसिनले पनि रिसर्चपछि यो कुराको पुष्टि गरेको छ ।

‘दिमागलाई तेज राख्न शरीरमा स्वस्थ ब्याक्टेरिया आवश्यक पर्छ,’ रिसर्चबारे जर्नल सेल रिपोर्टले लेखेको छ, ‘एक विशेष प्रकारको प्रतिरक्षा कोषिकाले ब्याक्टेरिया र दिमागबीच मध्यस्थताको काम गर्छ । शरीर र दिमागबाट निस्किने हर्मोनले सीधा कोषिकाको सम्पर्कको सहाराबाट एक–अर्काबीच सम्बन्ध कायम गर्छन् ।  यो रिसर्चले एन्टिबायोटिकको सहारा लिनेको शरीरको माइक्रोबायोम (शरीरमा रहेका जीवाणु) नष्ट हुने दाबी गरेको छ । मुसालाई प्रयोग गरेर एन्टिबायोटिकको असरबारे रिसर्च गरिएको हो । एन्टिबायोटिक नदिइएका मुसाको तुलनामा एन्टिबायोटिक दिइएका मुसाको मस्तिष्कको हिप्पोक्याम्पसमा निकै कम संख्यामा मस्तिष्क कोषिका निर्माण भएको थियो ।
एन्टिबायोटिक खुवाइएपछि कम कोषिका निर्माण भएका मुसामा दिमागी क्षमता कमजोर देखिएको रिसर्चले देखाएको छ । मान्छेमा पनि यो कुरा लागू हुने रिसर्चमा संलग्न विज्ञहरूको दाबी छ ।

No comments:

Post a Comment