Tuesday, November 15, 2016

हटाउन सकिन्छ शरीरका दाग ?

Posted by: Naya Patrika June 2, 2016 

कसैको तैलीय छाला हुन्छ भने कसैको फुस्रो । दुवै छाला भएकालाई डन्डिफोरको उत्तिकै सम्भावना हुन्छ । कति बढी र कति कम आउने भन्नेचाहिँ छालाको स्याहारमा भर पर्ने कुरा हो । तर, डन्डिफोर आइसकेपछि कतिपय युवायुवती खुबै चलाउने गर्छन् । डन्डिफोर धेरै चलाउने बानीले नै दाग बस्ने गर्छ ।
अनुहारमा दाग बसाउन डन्डिफोर मात्रै सधैँ दोषी हुँदैन । कहिलेकाहीँ चोटपटकका कारण पनि शरीरमा दाग बस्छ । कुनै अंगको शल्यक्रिया गर्दा पनि दाग बस्ने गर्छ । तर, दाग हट्ने/नहट्ने कुरा दागको गहिराइमा भर पर्छ । अनुहार तथा अन्य भागमा रहेका दागको उपचार त्यसको प्रकृति हेरेर हुने गर्छ । भित्रैसम्म गडिएको दाग हटाउन निकै गाह्रो हुन्छ । लामो समयको उपचारपछि हटाउन सकिने पनि हुन्छ ।
डन्डिफोरको दाग हटाउन
  • मानिसको शरीरको छालाको बाहिरी सतह एक निश्चित सयमसँगै फेरिँदै जाने खालको हुन्छ । कुनै निश्चित समयमा पुरानो पत्र हट्दै नयाँ आउने क्रम चलिरहेको हुन्छ । यस्तो अवस्थामा बाहिरी सतहमा हल्का दाग छ भने केही समयपछि आफैँ हटेर जान्छ । तर, धैर्य गर्नुपर्छ ।
  • डन्डिफोर या सामान्य संक्रमणले निम्तिएका दागहरू सामान्य रूपमा छालाको बाहिरी भागमा मात्र छ भने सिमलको काँडाको लेप बनाएर लगाउँदा चाँडै निको हुन्छ ।
  • दाग बसेको ठाउँमा श्रीखण्ड, मजिटोको जरा र खयर मिसाएर त्यसको पाउडर बनाई लगाउँदा पनि चाँडै निको हुन्छ ।
  • बेसार, मजिटो र चन्दनको पाउडर मिसाएर राम्रोसँग फिटेर दाग बसेको ठाउँमा लगाए ठीक हुन्छ ।
  • दूधको तरमा गहुँको पिठो मिसाएर प्याक बनाई रातको समयमा लगाएर सुत्ने र बिहान उठेर धुने गरेमा अनुहारमा भएको डन्डिफोरको दाग हट्छ ।
  • बेलुका सुत्ने वेलामा सुन्तला या कागतीको बोक्राले दाग लागेको स्थानमा धुँदा पनि हट्छ ।
  • अनुहारको दाग हटाउन विभिन्न किसिमका खाने आयुर्वेदिक औषधि पनि पाइन्छन्, तर त्यस्ता औषधि सेवन गर्दा अनिवार्य रूपमा चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

No comments:

Post a Comment