Sunday, November 6, 2016

मह कसरी चिन्ने ?

गुणस्तरीय मह कसरी चिन्ने ?

धर्मराज श्रेष्ठ
माउन्टेन बी कन्सर्न
मह आफौमा तातो वा चिसो हुादैन । जस्तो पदार्थमा महलाई मिश्रण गर्‍यो, यसले त्यो पदार्थको गुणलाई बढाउने काम गर्छ । त्यसैले मह हरेक मौसममा सेवन गर्दा शरीरलाई फाइदा नै हुन्छ । जाडो समयमा तातो दूधमा मिसाएर सेवन गर्दा दूधको तापक्रम बढाएर शरीरमा ताप उत्पन्न गराउाछ । त्यस्तै, गर्मीको समयमा पानीमा मिश्रण गरी सर्बत बनाई सेवन गर्दा शरीरलाई ठन्डा बनाउन यसले मद्दत गर्छ । नेपालजस्तो वातावरणीय विविधता भएको मुलुकमा मह पनि धेरै प्रकारको पाइन्छ । यहाा उत्पादन हुने लेकाली महको माग गल्फ कन्ट्रीमा अत्यधिक छ । विशेषगरी, त्यहााका सेखहरूले लेकाली मह मन पराउाछन् । भौगोलिक विविधताअनुसार नेपालमा पाइने महलाई लेकाली, पहाडी र तराई मह भनी छुट्याउन सकिन्छ ।
लेकाली मह
नेपालको उच्च पहाडी भेगमा उत्पादन हुने महलाई हामी लेकाली मह भन्छौँ । लेकाली भेगमा रहेका जडीबुटी सेवन गरी बनाइएको महमा औषधिजन्य गुण रहेको हुन्छ । सोही कारण पनि यो मह तुलनात्मक रूपमा धेरै महँगो हुन्छ । नेपाली बजारमा यो महको मूल्य प्रतिकिलोग्राम १२ हजारसम्म पर्छ । यो मह विशेषगरी गल्फ कन्ट्रीका सेखहरूले माग गर्ने गर्छन् । दूधजस्तो सेतो हुने कारण यसलाई सेखहरूले ह्वाइट हनी भनेर खरिद गर्छन् ।
पहाडी मह
पहाडी भेगमा पाइने जडीबुटी तथा फलफूल खाएर मौरीले उत्पादन गर्ने मह पहाडी मह हो । चिउरी, फापर, कफीलगायतका फरक–फरक प्रकारका पहाडी मह नेपाली बजारमा पाइन्छ । यो महको मूल्य प्रतिकिलोग्राम करिब सात सय रुपैयाँ पर्छ ।
तराई मह
नेपालको तल्लो भूभागमा उत्पादन हुने महलाई तराई मह भनिन्छ । तराई क्षेत्रमा फलफूल तथा वनस्पतिमार्फत चैत महिनामा उत्पादन हुने यस्तो महलाई चैते मह पनि भनिन्छ । यसमा रुदिलोको मह राम्रो मानिन्छ । तराई भेगमा पाइने तोरी, फापरबाट पनि यस्तो मह बन्छ । यसको पनि मार्केट रेट सात सय रुपैयाँ प्रतिकेजी रहेको छ ।
गुणस्तरीय मह चिन्ने तरिका
  • गुणस्तरीय मह पानीमा घुल्दैन । त्यसैले महको गुणस्तर परीक्षण गर्न सबैभन्दा पहिला पारदर्शी सिसाको गिलासमा पानी राख्नुहोस् । त्यसपछि महको एक थोपा त्यसमा मिसाइदिनुहोस् । थोपाजस्तो पानीमा खसालिएको मह त्यही परिमाणमा पिँधसम्म पुग्नुपर्छ । यदि खसालिएको थोपा पानीमा घुल्दै पिँधसम्म पुग्दा कम परिमाणको देखिएमा सो मह कम गुणस्तरको छ भन्ने थाहा हुन्छ ।
  • मह कुकुरले खाँदैन वा मन पराउँदैन भन्ने पनि मान्यता छ । त्यसैले मह कुकुरलाई खान दिएर पनि परीक्षण गर्न सकिन्छ । त्यसमा मिश्रण भएको रहेछ भने कुकुरले खान्छ । तर, थोरै मात्रामा मात्र मिश्रण गरिएको रहेछ भने पनि कुकुरले नखानसक्छ।
  • हामीले दैनिक रूपमा चलाउने कागजी नोटमाथि मह राखेर तलबाट आगोले जलाएर पनि महको गुणस्तर परीक्षण गर्न सकिन्छ । गुणस्तरीय मह रहेको नोटलाई आगोले जलाउँदैन भन्ने मान्यता छ । तर, कम गुणस्तरको मह परेमा नोट जल्ने सम्भावना भएकाले यस्तो परीक्षण नगर्दा राम्रो हुन्छ ।
  • महको गुणस्तर परीक्षण गर्ने सबैभन्दा भरपर्दो परीक्षण भनेको ल्याब टेस्ट नै हो । तर, यस्तो सुबिधा नेपालका सबै स्थानमा उपलब्ध छैन । खाद्य तथा गुण नियन्त्रण विभाग र नेपाल स्टान्डर्ड तथा प्राइभेट स्तरमा सञ्चालित केही ल्याबले मात्र यस्तो परीक्षण गर्दै आएका छन् ।
- See more at: http://www.enayapatrika.com/2016/06/69903#sthash.2aoovX2S.dpuf

No comments:

Post a Comment