Monday, November 7, 2016

ठूलो भुँडी रोगको घर

ठूलो भुँडी रोगको घर

एई अन्सारी
वरिष्ठ फिजिसियन
कसैको भुँडी ठूलो भयो भने अधिकांश नेपाली अहिले पनि भन्छन्– आजकाल त ड्याम्म भुँडी लागेर कस्तो हाकिमजस्तो देखिएको । सुखीको भुँडी लाग्छ भन्ने मान्यता नेपालमा व्याप्त छ । तर, ठूलो भुँडी गम्भीर प्रकृतिका रोग निम्तिने कारक बन्ने गरेको छ ।
सुगर
शरीर मोटाउँदै गएपछि भुँडी लाग्छ । मोटो शरीरमा ब्लड इन्सुलिनको अभाव हुन जान्छ । मोटो हुँदै जाँदा शरीरमा इन्सुलिनको माग बढी हुन्छ, तर निर्माण नभएपछि समस्या पर्न जान्छ । मोटो व्यक्तिमा फ्याटको मात्रा बढी हुने भएकाले इन्सुलिनको प्रभाव नै कम हुन्छ । शरीरमा भएकै इन्सुलिनले पनि प्रभावकारी काम गर्न सक्दैन । यसपछि सुगर (डायबिटिज)को खतरा हुन्छ । ४० वर्ष उमेर नाघेका व्यक्तिमा सुगरको खतरा बढी हुन्छ ।
vv
प्रेसर
भुँडे शरीर भएकालाई ब्लडप्रेसरको उत्तिकै खतरा हुन्छ । मोटो व्यक्तिको मेटाबोलिक प्रोसेस स्लो हुन्छ । कोलेस्ट्रोलको मात्रा बढ्छ । मेटाबोलिक प्रोसेस स्लो हुँदा र कोलेस्ट्रोल बढ्दा हाई ब्लडप्रेसरको खतरा निम्तिन्छ । यो रोग पनि ४० वर्ष नाघेपछि बढी सम्भावना हुन्छ ।
थाइराइड
यो रोग विशेषगरी भुँडी लागेका मोटा महिलामा बढी निम्तिन्छ । अकस्मात् भुँडी लाग्दै छ भने केही समयपछि यस्ता महिलामा थाइराइड देखिन्छ । त्यसो त भुँडीसहित शरीर मोटाउनुको कारण नै थाइराइड पनि हुनसक्छ । थाइराइड भइसकेपछि भुँडी बढ्ने र जिउ लाग्ने हुनसक्छ ।
फ्याटी लिभर
भुँडी बढ्नु कलेजोको खतराको संकेत पनि हो । मोटोपनले कलेजोका कोषमा बोसोजन्य पदार्थ थुप्रिने गर्छ । यसलाई फ्याटी लिभर भनिन्छ । फ्याटी लिभरका कारण कलेजोका कोषको मृत्युसमेत हुनसक्छ । हुन त फ्याटी लिभरका अन्य कारण पनि हुन्छन् । सुगर भइसकेका मोटा व्यक्तिलाई यो खतरा झनै बढी हुन्छ । यो प्राय: सबै उमेरमा देखिने गर्छ । सानै बच्चाका पनि ठूलो भुँडी छ भने कलेजोसम्बन्धी रोग लाग्न सक्छ । कालाजारको खतरा बच्चा र ठूला सबैमा हुनसक्छ ।
भुँडीघटाउन
भुँडी बढ्नै नदिन तथा घटाउन थोरै उपाय छन् । तर, सचेत भए रोगबाट बच्न सकिन्छ । भुँडी जति बढ्दै जान्छ उति नै खानामा रुचि बढ्दै जान्छ । त्यसैले, खानपिनमा विशेष विचार पुर्‍याउनुपर्छ । लो फ्याट र लो क्यालोरी डाइट लिनुपर्छ । यति गरेपछि एक्सरसाइजमा विशेष जोड दिनुपर्छ । नियमित कडा कसरत गर्नुपर्छ ।
- See more at: http://www.enayapatrika.com/2016/06/69494#sthash.Msk3nJ6k.dpuf

No comments:

Post a Comment