Monday, January 9, 2017

के कारणले आउँछ डन्डिफोर ?

डन्डिफोर विभिन्न कारणले आउने गर्छ । यो प्राय: युवा अवस्थामा बढी आउने गरेको पाइन्छ । खासगरी, तैलीय ग्रन्थि बढी सक्रिय हुँदा छालाको सतहमा बढी चिल्लो निस्कन्छ । जसले रौँका छिद्रमा धुलोमैलो अड्की कालो डल्ला, सेतो डल्ला र डन्डिफोर देखापर्छ । योबाहेक मानिसको वंशाणुगत कारण, महिनावारीमा हुने गडबढी, औषधिको बढी सेवन, अनिद्रा, अनियमित खाना र उमेरको कारण पनि डन्डिफोर देखापर्छ ।
डन्डिफोरयुक्त छालाको समस्या समाधान मुस्किलले हुन्छ । त्यसैले समय रहँदै यसको उचित समाधान गर्नु अत्यन्तै आवश्यक छ, नत्र यसले दीर्घकालीन रूपमा समस्याको रूप लिन सक्छ । यसको समाधानका लागि बाहिरी वातावरणबाट सचेत रहनु आवश्यक छ । जस्तै, घामबाट, खराब प्रसाधनबाट, बासी मेकअपबाट पनि सचेत रहनुपर्छ ।
डन्डिफोर आउनेले यी कुरामा ध्यान दिनुस्
 अनुहारमा भएको चिल्लोपन सधैँ सफा गर्ने ।
दैनिक सफा पानीले तीनदेखि चारपटकसम्म मुख धुने ।
 मुख सफा गर्दा औषधियुक्त साबुन प्रयोग गर्ने ।
दूषित वातावरणबाट टाढा रहने
 दैनिक आठदेखि १० गिलास पानी पिउने
चिया, कफी, रक्सी र तातो पानी सेवन नगर्ने ।
 सकेसम्म रातो कलरको सेट प्रयोग नगर्ने ।
उपचार विधि
 डन्डिफोरलाई सफा पानीले सफा गर्ने
 त्यसपछि कटनले अनुहार पुछ्ने ।
 टिस्युपेपरले अनुहारको पानी पूरै सोसेर सुक्खा पार्ने ।
 त्यसपछि प्रत्येक डन्डिफोरमा एस्ट्रिजेन्ट लगाउने ।
 मसाज जेल वा पाउडरले ५ मिनेटसम्म मसाज गर्ने ।
 त्यसपछि फेसमा गज राखी स्टिम दिने र डन्डिफोर सफा गर्ने ।
 त्यसपछि एन्टिपिम्पल्स फेसप्याक लगाउने । प्याक २० मिनेटपछि पुछेर एस्ट्रिजेन्ट लगाई डन्डिफोरयुक्त अनुहारमा मिल्ने क्रिम लगाउने ।
हसिना शाक्य, ब्युटिसियन

No comments:

Post a Comment