Wednesday, January 11, 2017

रक्तदान किन गर्ने ?

Posted by: nayapatrika October 10, 2015 
प्रेमसागर कर्माचार्य 
अध्यक्ष, नेपाल स्वयंसेवी रक्तदाता समाज
रगत अभियन्ता कर्माचार्यलाई ९८५१०६९३३८ मा सम्पर्क गर्न सकिन्छ ।
  • रक्तदान गर्नुको सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो । निश्चित अवधिपछि खेर जाने आफ्नो रगत दान गर्दा कसैको जीवन बच्न सक्छ ।
  • रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ ।
  • रक्तदान गर्दा केही रोगबारे स्वास्थ्य परीक्षण पनि हुन्छ । जस्तै, हेपाटाइटिस बी–सी, एचआइभी, सिफलिस, भिडिआरएलजस्ता रोगहरूको परीक्षण हुन्छ । यसले आफूमा स्वास्थ्य सतर्कता रहन मद्दत गर्छ ।
  • कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन्, तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शरीरमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर, शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो । त्यसकारण पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमश: २६ र १६ एमएलका दरले रगत बढी हुन्छ । यही बढी भएकोमध्येबाटै रगत दान गर्ने हो ।
  • शरीरमा हरेक तीन–तीन महिनामा नयाँ रगत बन्ने र पुरानो रगत दिसा–पिसाब, पसिनामार्फत शरीरबाट बाहिरिन्छ । त्यसैले बाहिरिने रगतलाई दान गर्नु आफैँमा पुण्यकार्य हो ।
  • एकपटक रक्तदान गर्दा शरीरबाट चार सयदेखि चार सय ५० एमएल रगत बाहिरिन्छ । तीन महिनामा त्यो रगत परिपूर्ति भइहाल्छ । त्यसैले १८ वर्ष पुगेका पुरुष तथा महिलाले रगत दान गर्नु राम्रो हुन्छ । कम्तीमा ४५ केजी तौल भएको पुरुषले तीन महिना र महिलाले ४ महिनामा एकपटक दान गरेको राम्रो हुन्छ ।

No comments:

Post a Comment