Wednesday, January 11, 2017

प्रोस्टेट क्यान्सरका लक्षण

Posted by: nayapatrika November 8, 2015 

प्रोस्टेट क्यान्सरका एकतिहाइ बिरामी ६५ वर्ष नाघेका पुरुष हुने गरेका छन् । प्रोस्टेट क्यान्सरलाई ‘साइलेन्ट किलर’समेत भनिन्छ । यो क्यान्सर पुरुषको प्रोस्टेट ग्रन्थीमा हुन्छ । प्रोस्टेट यस्तो ग्रन्थी हो, जसले वीर्य उत्पादन गर्न मद्दत गर्छ । यस्तो महत्वपूर्ण ग्रन्थीमा क्यान्सर लागेको कसरी थाहा पाउने ? यी हुन् सुरुवाती लक्षण :
पिसाबमा रगत आउनु
प्रोस्टेट ग्रन्थीमा रगतको धमनी ‘ड्यामेज’ भएपछि ‘ब्लिडिङ’ हुन्छ । पिसाबसँगै रगत आउन थाल्छ । तुरुन्त डाक्टरलाई देखाउनुपर्छ ।
पिसाब गर्दा पीडा हुनु
पिसाब गरिसकेपछि पनि आनन्द महसुस हुँदैन र थोपा–थोपा गरी निस्किरहन खोज्छ । लाग्छ कि मूत्राशय पूरा खाली भएको छैन । रातको समय पटक–पटक पिसाब गर्न मन लाग्छ, तर रोकिई–रोकिई मात्रै पिसाब आउँछ ।
जलन हुनु
पिसाब गरिरहेका वेला एकदमै धेरै जलन महसुस हुन्छ । पिसाब गर्दा समस्या आयो भने यसलाई सामान्य ठान्नुहुँदैन ।
कम्मर दुख्नु
कम्मरको तल्लो भागमा निकै दुख्छ । जाँघको माथिल्लोपट्टि दुख्नुका साथै झड्का हान्छ ।
लिंग र स्खलनमा समस्या हुनु
वीर्यको पीडादायी स्खलन र लिंग उत्तेजनामा समस्या एकैसाथ भएको छ भने यो पनि प्रोस्टेट क्यान्सरको लक्षण हो ।

No comments:

Post a Comment