Monday, February 6, 2017

कलेजो जोगाउन यी कुरामा ख्याल गर्नुहोस्


प्याक गरिएको खानेकुरा र पकाएको चिल्लोयुक्त खाद्य पदार्थले पनि कलेजोलाई असर गर्छ । चिल्लो बढी भएको पोषणले तपार्इंको तौल बढाउने मात्र होइन, यसले कलेजोसम्बन्धी विभिन्न रोग निम्त्याउाछ । चिल्लो धेरै भएको एउटा तयारी भोजन खाने मुसामाथि गरिएको अध्ययनमा चार महिनापछि उसको कलेजो बिग्रेको थियो ।
  • अत्यधिक गुलियोले कलेजोलाई दीर्घकालीन रूपमा असर गर्छ । गुलियोले कलेजोमा विभिन्न रोग निम्त्याउँछ । चिनीले मदिराले जत्तिकै कलेजोलाई असर गर्ने एक अध्ययनले देखाएको छ ।
  • सबै आयुर्वेदिक औषधिले हाम्रो शरीरलाई फाइदा गर्दैनन् । रजस्वला समाप्त हुने समयमा हुने पीडाबाट बच्न खाइने जडीबुटी तथा आयुर्वेदिक औषधि काभा काभा महिलाको कलेजोमा असर गरेको विभिन्न अध्ययनमा देखाइएको छ । यसले हेपाटाइटिसको जोखिमसमेत बढाएको पाइन्छ । कतिपय देशले यस जडीबुटीलाई प्रतिबन्ध नै गरेका छन् ।
  • ताजा फलफूल, सागसब्जी, अन्डा, दूध, पहेँलो फलफूल भिटामिन एका स्रोत हुन् । तर, यसको अत्यधिक उपभोगले कलेजोलाई हानि गर्छ ।
  • निर्मलीकरण नगरिएको टातुले पनि कलेजोलाई असर गर्छ । कुनै एक संक्रमित व्यक्तिको रगत टाटु छेड्ने औजारमार्फत अर्को व्यक्तिमा सरेर दीर्घकालीन रूपमा नै कलेजोको समस्या हुन्छ ।
  • तपाईंको अनावश्यक तौल बढिरहेको छ भने भित्रभित्रै कलेजो बिग्रिएको हुनसक्छ ।
  • डिप्रेसनविरुद्ध लिइने औषधिले कलेजोलाई दीर्घकालीन असर गर्छ । कुनै वेला त यसको असर यति घातक हुन्छ कि मानिसको आयु नै छोटिन्छ ।
  • प्याक गरिएको खानेकुरा र पकाएको चिल्लोयुक्त खाद्य पदार्थले पनि कलेजोलाई असर गर्छ । चिल्लो बढी भएको पोषणले तपाईंको तौल बढाउने मात्र होइन, कलेजोसम्बन्धी विभिन्न रोग निम्त्याउँछ । चिल्लो बढी भएको एउटा तयारी भोजन खाने मुसामाथि गरिएको अध्ययनमा चार महिनापछि उसको कलेजो बिग्रेको थियो ।
  • हल्का पेय पदार्थले पनि कलेजोलाई हानि गर्ने विज्ञ बताउँछन् । एक अध्ययनअनुसार पेय पर्दाथ नियमित पिउने मोटा मानिसको कलेजो नपिउने मानिसको तुलनामा बिग्रिएको थियो ।

No comments:

Post a Comment