Monday, February 6, 2017

गर्भावस्थामा मदिरासेवन हानिकारक

गर्भावस्थामा मदिरासेवन हानिकारक

  • गर्भावस्थामा मदिरासेवन गर्नाले शिशुको मस्तिष्कमा असर पर्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
  • संयुक्त राज्य अमेरिकाका गर्भवती महिलामा गरिएको एक अनुसन्धानका क्रममा सो तथ्य भेटिएको अधिकारीहरूको
    भनाइ छ ।
  • अनुसन्धानका क्रममा गर्भवती हरेक १० महिलामा एकले मदिरासेवन गर्ने गरेको पाइएको थियो ।
  • अनुसन्धानकर्ताहरूका अनुसार सामान्य अवस्थाका महिलाको तुलनामा गर्भवती महिलाले बढी मदिरासेवन गर्ने गरेको पाइएको थियो ।
  • गर्भावस्थामा मदिराको प्रयोगबाट बालकको शारीरिक विकासमा बाधा उत्पन्न गर्ने मात्र नभई उनीहरू अपांगसमेत हुन सक्ने दाबी गरिएको छ ।
  • त्यसैगरी, यस्ता आमाहरूलाई अर्काे गर्भ रहने काममा पनि समस्या हुने वा गर्भ तुहिने एवं समय नपुग्दै बच्चा जन्मिनेजस्ता समस्या उत्पन्न हुने अनुसन्धानकर्ताहरूले जनाएका छन् ।
  • अनुसन्धानमा १८ देखि ४४ वर्ष उमेरका गर्भवती महिलाको सहभागिता रहेको बताइएको छ ।

No comments:

Post a Comment