Monday, October 31, 2016

जहाँ मनाइन्छ वैशाखमावर्षको रूपमा मनाइन्छ

०७१ सालले बिदा माग्दै छ र ०७२ सुरु हुन लागेको छ । विश्वका सबैजसो मुलुकमा इस्वी संवत्लाई आधार मानिए पनि नेपाललगायत दक्षिण एसियाका धेरै देशमा अद्यापि विक्रम संवत्लाई नयाँ वर्षको रूपमा मनाइन्छ । आधिकारिक रूपमा इस्वी संवत् चल्ने भारत, बंगलादेश, थाइल्यान्ड, बर्मा, श्रीलंका, लाओस, कम्बोडियामा पनि यसलाई सांस्कृतिक पर्वका रूपमा मनाइन्छ ।
तमिलनाडुका तमिलहरू वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउँछन् । यसलाई उनीहरू पुथान्दु भन्छन् । यस दिन उनीहरू घर तथा आँगनलाई सजाउँछन् ।
पन्जाबका पन्जावी तथा सिखहरू अप्रिल १४ का दिन वैशाखी बनाउँछन् ।
भारतको नेपालसँग जोडिएका मिथिला संस्कृति मनाइने क्षेत्रमा वैशाख १ का दिन मैथली नयाँ वर्ष मनाइन्छ ।
भारतकै आसाममा पनि यही दिन नयाँ वर्ष मनाइन्छ । उनीहरू यसलाई रंगोली बिहु वा बोहाग बिहु भन्छन् ।
बंगलादेश र भारतको पश्चिम बंगालमा पनि वैशाख १ मनाइन्छ । उनीहरू यसलाई पोहेला वैशाख भन्छन् ।
भारतको दक्षिण–पूर्वी राज्य उडिसामा अप्रिल १४ लाई खुबै मनाउँछन् ।
मणिपुरको नयाँ वर्ष पनि अप्रिल १४ अर्थात् वैशाख १ को आसपास पर्छ । उनीहरू यसलाई चेरोउवा भन्छन् । यस दिन उनीहरू विभिन्न कार्यक्रम गरी मीठो–मसिनो खान्छन् ।
श्रीलंकामा सिंहालीहरू पनि वैशाख १ मै नयाँ वर्ष मनाउँछन् । यस दिन उनीहरू परिवारका सदस्यसहित जम्मा हुने, प्रार्थना गर्ने तथा सँगै बसेर खाने गर्छन् । सिंहालीहरू नयाँ वर्षलाई ‘अलुथ अभुरुद्ध’ भन्छन् । सिंहालीको पुरानो वर्ष र नयाँ वर्षको बीचमा केही घन्टा तटस्थ समय पनि मनाउँछन्, जसलाई उनीहरू ‘नोना गाथा’ भन्छन् ।
भारतको दक्षिणी राज्य केरलामा यही दिन मलायाली नयाँ वर्ष मनाइन्छ । उनीहरू यसलाई विशु पनि भन्छन् ।
भारतकै कनार्टक राज्यको पश्चिम भेगमा तुलु भाषा बोल्ने जातिहरू यही दिन नयाँ वर्ष मनाउँछन् ।
बर्मामा यही समयमा मनाइने नयाँ वर्षलाई ‘थिंगयान’ भनिन्छ । उनीहरू यसलाई आफन्त भेटघाट गरेर, पानीसँग खेलेर तीन दिनसम्म मनाउँछन् । यस दिन शान्ति र समृद्धिका लागि बुद्ध मन्दिरमा पूजा गर्ने चलन छ ।
थाइल्यान्डमा यही समयमा मनाइने नयाँ वर्षलाई ‘सोङक्रान’ भनिन्छ । यस दिन मानिसहरू आफ्नो पुख्यौली घर फर्केर आफूभन्दा पाकासँग भेटघाट गर्छन् । थाइल्यान्डमा पनि तीन दिनसम्म नयाँ
वर्ष मनाइन्छ ।
लाओसमा नयाँ वर्षलाई ‘पि माई लाओ’ भनिन्छ । लाओसमा हरेक वर्ष अप्रिल १४ देखि १६ सम्म तीन दिनसम्म नाचगान, भेटघाट गरेर मनाइन्छ ।
कम्बोडियामा पनि थाइल्यान्ड र लाओसजस्तै यही समयमा तीन दिनसम्म नयाँ वर्ष मनाइन्छ । ‘चाउल नाम थेमे’ भनिने नयाँ वर्षको अवसरमा कम्बोडियालीहरू पुलाउजस्तो परिकार बनाएर खान्छन् । साथै यी दिन उनीहरू परम्परागत खेलहरू खेल्छन् ।
चीनको युनान प्रान्तका दाइ जातिका मानिसहरू पनि यही समयमा नयाँ वर्ष मनाउँछन् । नयाँ वर्षको अवसरमा यस जातिको विशेष मयूर नृत्यसहितका कार्यक्रम हुन्छन् ।
from := http://www.enayapatrika.com/2015/04/1884

No comments:

Post a Comment