Wednesday, November 16, 2016

आयुर्वेदिक औषधि बिरेनुन

Posted by: Naya Patrika May 17, 2016 

गाउँघरतिर स–साना केटाकेटीको पेट घोच्दा वा दुख्दा बिरेनुन चुस्न दिने चलन छ । अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि बिरेनुन सहितको पानी बनाएर औषधिका रूपमा पिउन दिने गरिन्छ । परम्परादेखि घरेलु ओखतीको रूपमा प्रयोग हुँदै आएको बिरेनुनमा वैज्ञानिकहरूले दर्जनौँ रोगविरुद्ध लड्नसक्ने क्षमता रहेको बताएका छन् । अनुसन्धानले पनि विभिन्न थरीका रोग निको पार्ने बिरेनुन सबैभन्दा उत्तम नुन साबित भएको छ । प्राचीन कालदेखि नै मानव सभ्यतामा बिरेनुनलाई अति मूल्यवान् मानिँदै आएको छ । त्यसैलाई आधार मानेर हुनसक्छ, कतिपय खानेकुरामा यो नुनको प्रयोग आजभोलि पनि गर्ने गरिन्छ । त्यसो त बिरेनुनको फरक स्वादका कारणले पनि पारखीहरू धेरै देखिन्छन् । चनाचटपटे, पानीपुरी, समोसाको अचारलगायतका चटपटे स्वादका खानेकुरामा यसको मिश्रणकै कारण मानिसहरू लोभिन्छन् ।

बिरेनुनका फाइदा
सजिलै शरीरमा समायोजन हुनसक्ने भएकाले यसले डिहाइड्रेसनबाट बचाउँछ ।
शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै स्फूर्ति ल्याउन भूमिका खेल्छ ।
यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
शरीरमा एसिड तथा फोस्फोरसको मात्रालाई सन्तुलनमा ल्याउँछ ।
नियमित रूपमा यो नुन प्रयोग गर्नाले छाला चाउरिन पाउँदैन । साथै, छालामा दु:ख दिने खटिरा तथा डन्डिफोर पनि आउन दिँदैन ।
श्वासप्रश्वाससम्बन्धी समस्या हुनेलाई बिरेनुनको प्रयोग अति लाभदायक हुन्छ ।
टाउकोको कोषिकालाई पुनर्जीवित बनाउनुका साथै एकाग्रतामा सुधार ल्याउँछ ।
बढ्दो उमेरका केटाकेटीलाई यसले हड्डी बलियो बनाउन मद्दत पुर्‍याउँछ ।
रगतमा चिनीको मात्रा पूरा गर्नुका साथै शरीरमा चिनीरोगको विकास हुन दिँदैन ।
यसका साथै यसले मीठो निन्द्रा दिन्छ ।
मांसपेशीलाई बलियो बनाउँछ ।
पिनास, घाँटी दुखेको तथा दम रोगमा यसको धुलो सुँघेमा रोग निको हुन्छ ।
रक्तसञ्चारमा सुधार ल्याउनुका साथै रगतलाई प्रदूषित हुनबाट जोगाउँछ ।
यसले रगतलाई सफा पार्नुका साथै शरीरमा विषादी प्रवेश गर्न दिँदैन ।
यसले कलेजो र मिर्गौलालाई बलियो बनाउँछ ।
शरीरको सम्पूर्ण शक्ति, मुड तथा सकारात्मक विचारको विकासमा यसको देन प्रशंसनीय छ ।
छालाको समस्या निवारण गर्छ ।
सानातिना किरा तथा लामखुट्टेले टोकेको, घाउ तथा चोटपटक लागेमा निको बनाउँछ ।
अपरेसन पछिका घाउ निको पार्छ ।
छाला चिलाएको तथा एलर्जी निको पार्छ ।
पाठेघरसम्बन्धी समस्या समाधान गर्छ ।
जोर्नीजन्य समस्या र शरीर सुन्निएको ठीक गर्छ ।

No comments:

Post a Comment