Tuesday, November 15, 2016

कुहिनो ठोक्किँदा किन झमझमाउँछ ?

कुहिनो ठोक्किँदा किन झमझमाउँछ ?

डा. सुनीलराम कोइराला
स्नायुरोग विशेषज्ञ
कुनै कडा वस्तुमा कुहिनो ठोक्किादा झमझमाउाछ । हातले कामै गर्न छोडेजस्तो महसुस हुन्छ र निकै दुख्छ । सिस्नोले पोलेझौ एक्कासि झनन्न पार्छ, के गरौा र कसो गरौा हुन्छ । आखिर यस्तो किन हुन्छ ? यस्तो हुनु कुनै खतराको संकेत त होइन ?
झमझमाउनुको कारण
हाम्रो हातको कुहिनामा अल्नर (गाँठो परेको भाग) हुन्छ । अल्नरसँगै एउटा नसा जोडिएको हुन्छ । दिमागबाट मेरुदण्ड र पाखुरा हुँदै गएको नसा अल्नरसँग जोडिएको हुन्छ । अल्नरले छोएको नसामा कुनै चिजले दबाब दिएमा तत्काल झमझमाउँछ र यो सूचना दिमागमा पुग्छ । अनि, व्यक्तिलाई झमझमाएको महसुस हुन्छ ।
खतरा निम्त्याउँछ ?
कुहिनो कुनै चिजमा हल्कासँग ठोक्किएर झमझमाउनुलाई कुनै खतराको संकेत नै मान्न भने सकिँदैन । ठोक्किँदा या च्यापिँदा कुहिनो झमझमाउने सामान्य नै हो । केही बेरमै झमझमाउन छाड्छ र हामी सामान्य अवस्थामै फर्किन्छौँ । यो अधिकांशले भोग्दै आएको अनुभव पनि हो ।
नसा फुट्न पनि सक्छ
कुहिनो असामान्य तरिकाले ठोक्किएको छ भने गम्भीर चोटपटक लाग्नसक्छ । यो वेला झमझमाएर दुख्ने दर बढी हुन्छ । खेल्दा लडेर या दुर्घटनामा परेर गम्भीर चोट लाग्न सक्छ । यस्तो वेला नसा नै फुट्ने खतरा हुन्छ । फुटबल खेलाडीहरूमा यस्ता समस्या बढी निम्तिन्छन् । फुटेको नसाको उपचार गरेर समाधान खोज्नुपर्छ ।
सामान्य अवस्थामा झमझमाए
कतै ठक्कर नलाग्दा, स्पर्श नगर्दा या दबाब नै नपर्दा पनि कुहिनो झमझमाउँछ भने योचाहिँ खतराको संकेत हुनसक्छ । पटक–पटक यस्तो भइरहेको छ भने अल्नर हुँदै गएको नसा घाँटी या अन्य स्थानमा च्यापिएको हुनसक्छ ।

No comments:

Post a Comment