Friday, November 11, 2016

रुघा लाग्दा नाकले किन सुँघ्न सक्दैन ?

रुघा लाग्दा नाकले किन सुँघ्न सक्दैन ?

रुघा लाग्दा हाम्रो नाकको सुाघ्ने क्षमता राख्दैन । बाहिरबाट आउने कुनै पनि प्रकारको गन्ध महसुस गर्न सक्दैन । यस्तो किन हुन्छ ? के नाकले दीर्घकालसम्मै सुाघ्न नसक्ने परिस्थिति पनि निम्तिन सक्छ ? विशेषज्ञ भन्छन् :
सुँघ्न किन सक्दैन ?
रुघा–खोकी लागेका वेला दुई सय प्रकारका जीवाणु (भाइरस) सक्रिय हुन्छन् । यिनै भाइरसले नाकलाई सुँघ्न नसक्ने अवस्थामा पुर्‍याउँछन् । कहिलेकाहीँ साना भाइरसले आक्रमण गर्दा पनि नाकले गन्ध थाहा नपाउने हुनसक्छ । रुघा निम्त्याउन भूमिका खेल्ने जीवाणुले नाकमा हुने ‘अलफ्यक्टोरी नर्भ’लाई दबाएर राखेको हुन्छ । यो नसा दबिएकै कारण रुघा लाग्दा बिरामीको सुँघ्ने क्षमतामा ह्रास आउँछ ।
दीर्घकालीन पनि हुनसक्छ ?
रुघा लागेर सुँघ्न नसक्ने समस्या जीवनभर पनि हुनसक्छ । रुघा बिग्रिए तथा पिनासमा समस्या आए यो खतरा रहन्छ । तर, नाकभित्रको नसा नर्मल भएको अवस्थामा सुँघ्ने क्षमता फर्काउन सकिने पनि हुनसक्छ ।
रुघा–खोकीको उपचार के ?
रुघा–खोकी सामान्यतया सात दिनभित्र आफैँ निको हुन्छ । औषधि खाएर रुघा पूर्ण रूपमा निको हुने होइन । रुघा लाग्दा औषधि खाएर कन्ट्रोल मात्रै गर्न सकिने हो । रुघा ठीक भएपछि भने नाकको सुँघ्नसक्ने क्षमता आफैँ सामान्य
अवस्थामा आउँछ ।
डा. लालकिशोर यादव
नाक–कान–घाँटीरोग विशेषज्ञ

No comments:

Post a Comment