Friday, November 11, 2016

सुत्दा घुर्नेलाई समाधानका सूत्र

सुत्दा घुर्नेलाई समाधानका सूत्र

-मोटो व्यक्ति बढी घुर्छन् । तौल घटाएर समाधान निकालौँ ।
-ब्लडप्रेसर सामान्य अवस्थाबाट एक्कासि बढ्दा घुर्ने समस्या निम्तिन्छ । ब्लडप्रेसर नियन्त्रणमा राखौँ ।
-चुरोट सेवन पनि घुर्ने समस्याको प्रमुख कारण हो । चुरोट सेवन गर्न छोडिदिनुहोस् ।
-घाँटीमा कफ पैदा हुँदा घुर्ने समस्या हुन्छ । राति सुत्नुअघि दूध, तेलयुक्त परिकार, चकलेटजस्ता खाना नखाऔँ । दिनभर पानी पिउन जोड गरौँ ।
-पंखा र एसीको सीधा सुत्दा श्वासनलीमा असर गर्छ र मान्छे घुर्छ । यस्तो नगरौँ ।
-हरेक दिन सुत्नुअघि मनतातो पानी पिउँदा श्वासनली राम्रोसँग खुल्छ र समस्यामा राहत मिल्छ । चिसो चिज खानु हुँदैन ।
-राति सुत्नुअघि तातो पानीमा आयुर्वेदिक तेल (नेपालमा सन्चो उपलब्ध छ) राखेर बाफ लिँदा घुर्ने समस्यामा राहत मिल्छ । सुत्नुअघि एक चम्चा मह पिउँदा नसामा आराम मिल्छ ।
-सुत्नुअघि नाक सफा गरे नाकमा जम्मा भएका धुलोमैलो हटेर घुर्ने समस्यामा राहत मिल्छ । तातो पानीले घाँटी कुल्ला गर्दा पनि राहत मिल्छ ।
-सुत्ने आसनले पनि घुर्ने समस्यामा प्रभाव पार्छ । अग्लो सिरानीमा नसुत्ने र बायाँ कोल्टेर सुत्दा फाइदा गर्छ ।
नेसनल हेल्थ सर्भिस, इंग्ल्यान्ड
 नेसनल स्लिप फाउन्डेसन, युएसए

No comments:

Post a Comment