Monday, November 7, 2016

यसकारण पोल्छ पिसाब


यसकारण पोल्छ पिसाबPosted by: Naya Patrika June 17, 2016
डा. रजेश बटाजु
युरोलोजिस्ट
सामान्यतया पिसाबमा हुने संक्रमण, मिर्गौलामा पत्थरी, जलवियोजनजस्ता कारण पिसाब पोल्ने हुन्छ । पिसाब पोल्नु सामान्यदेखि गम्भीर समस्या पनि हुनसक्छ । कहिलेकाहीा पानी कम पिउादा, पिसाब खुलेर नलाग्दा पनि समस्या हुनसक्छ । पिसाब कतिको स्वस्थ छ भन्ने कुरा यसको रङबाट थाहा हुन्छ । पिसाब फेर्दा जति सफा (पानीजस्तै) देखियो त्यति नै स्वस्थ हुन्छ भने पहोलो देखिएमा केही समस्या छ भन्ने बुझ्नुपर्छ । तर, पहोलो हुादैमा समस्या भइहाल्छ भन्ने हुादैन । पानीको कमीले पनि पिसाबमा पहोलोपना देखिनसक्छ ।
पिसाबको संक्रमण
पिसाब पोल्ने प्रमुख कारणमा यसमा हुने संक्रमण नै हो । ब्याक्टेरियाको संक्रमण भएमा पिसाब पोल्ने हुन्छ । हाम्रोमा पिसाबको संक्रमण गर्ने ब्याक्टेरियामध्ये ९० प्रतिशत संक्रमण इकोलाइ नामक ब्याक्टेरियाको कारणले हुने गरेको छ ।
डिहाइड्रेसन
शरीरमा पानीको मात्रा कम भयो भने पिसाब पोल्छ । सामान्यतया एउटा स्वस्थ मानिसको दिनमा १५ सय मिलिलिटरदेखि २ हजार मिलिलिटर पिसाब बन्छ । सो पिसाब बन्न कम्तीमा तीन लिटर पानी पिउनुपर्ने हुन्छ । अझ पसिनाको रूपमा पनि पानी बाहिर निस्किरहेको हुन्छ । आवश्यक मात्रामा पानी नपिउँदा पिसाब नियमित नभई अवरोध सिर्जना हुन्छ । जसले पिसाबनली सफा नभएर संक्रमण भई पोल्ने हुन्छ ।
पत्थरी
मानिसलाई पत्थरीको समस्या हुँदा पनि पिसाब पोल्ने हुन्छ । पत्थरी हुँदा त्यसको दुखाइको आन्तरिक इरिटेसन भई पिसाबनलीमा संक्रमण हुने हुन्छ । त्यसका साथै पिसाबनलीमा संक्रमण पनि गराउन सक्छ । जसले गर्दा पिसाब पोल्ने, पिसाबबाट रगत बहने पनि
सम्भावना हुन्छ ।
दैनिक कति पिसाब ?
एक स्वस्थ मानिसले एक दिनमा डेढ लिटरदेखि अढाई लिटर पिसाब उत्पन्न गर्छ । तर, यो अनुपात पानी पिउने आधारमा तल–माथि पनि हुनसक्छ । त्यसैगरी, स्वस्थ मानिसको पिसाब थैलीको क्षमता भनेको २ सयदेखि ३ सय मिलिलिटरसम्म हुन्छ । उक्त थैली भरिनेबित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । यही हिसाबमा हेर्ने हो भने एउटा स्वस्थ मानिसले एक दिनमा ५ देखि ६ पटकसम्म पिसाब फेनुपर्ने हुन्छ । यदि सोभन्दा तल–माथि छ भने सामान्य नरहेको मानिन्छ ।
बुझ्नुपर्ने कुरा
आवश्यक मात्रामा पानी पिउनुहोस् । यदि तपाईं बाहिर घाममा काम गर्नुहुन्छ, कडा काम गर्नुहुन्छ भने बढी पानी सेवन गर्नुहोस् । यदि घरभित्र चिसो स्थान या एसीमा बसेर काम गर्नुहुन्छ भने अलि कम पानी पिउनुहोस् ।
अनावश्यक धेरै पानी नपिउनुहोस् । धेरै पानी पिउँदा मिर्गौलालाई बढी तनाव हुनजान्छ ।
फलफूल, सलाद, झोलीय पदार्थ प्रशस्त मात्रामा सेवन गर्नुहोस् ।
नरिवलको पानी पिउँदा पनि शरीरमा पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम हुन्छ ।
- See more at: http://www.enayapatrika.com/2016/06/69500#sthash.nrqA8dCm.dpuf

No comments:

Post a Comment