Wednesday, November 16, 2016

गर्मीमा डन्डिफोर बाट बच्न… dandifor

Posted by: Naya Patrika May 30, 2016

 तैलीय ग्रन्थि बढी सक्रिय हुादा छालाको सतहमा बढी चिल्लो निस्कन्छ । जसले रौाका छिद्रमा धुलोमैलो अड्की कालो डल्ला, सेतो डल्ला र डन्डिफोर देखापर्छ । योबाहेक मानिसको वंशाणुगत कारण, महिनावारीमा हुने गडबडी, औषधिको बढी सेवन, अनिद्रा, अनियमित खाना र उमेरको कारण पनि डन्डिफोर देखापर्छ । डन्डिफोरयुक्त छालाको समस्या समाधान मुस्किलले हुन्छ । त्यसैले समय रहादै यसको उचित उपचार गर्नु अत्यन्तै आवश्यक हुन्छ । त्यसो गर्न नसके दीर्घकालीन रूपमा समस्या हुन सक्छ । यसको समाधान गर्न बाहिरी वातावरणबाट सचेत रहनु आवश्यक छ । विशेषगरी घामबाट, खराब प्रसाधनबाट, बासी मेकअपबाट पनि सचेत रहनुपर्छ । अझ गर्मीको समयमा डन्डिफोरले धेरै सताउने गर्दछ । यसबाट युवाहरू हैरान हुनुपरिरहेको छ । डन्डिफोरको हैरानीबाट बच्न ब्युटिसियन हसिना शाक्यले केही सुझाब दिएकी छिन् :
डन्डिफोर आउन नदिन
दैनिक सफा पानीले तीनदेखि चारपटक अनुहार धुनुपर्छ । जसले अनुहारमा भएको चिल्लोपनलाई सफा गर्छ । मुख सफा गर्दा औषधियुक्त साबुन प्रयोग गर्नु उपयुक्त हुन्छ ।
दूषित वातावरणबाट सधैँ टाढा रहनुपर्छ । प्रदूषणले संक्रमणजन्य किटाणु सहजै अनुहार र छालामा टाँसिन सक्छ ।
दैनिक आठदेखि १० गिलास पानी पिउनुपर्छ । तर, चिया, कफी, रक्सी र तातो पानी सेवन कम गर्नुहोस् ।
डन्डिफोर आएपछि
डन्डिफोरलाई सफा पानीले सफा गर्ने ।
सफा गरेपछि कटनको कपडाले
अनुहार पुछ्ने ।
अनुहारमा पसिना आउँदा या कुनै पनि वेला सफा गर्दा टिस्युपेपरले अनुहारको पानी पूरै सोसेर सुक्खा पार्ने ।
टिस्यु पेपरले पानी सोरेर सुक्खा बनाएपछि प्रत्येक डन्डिफोरमा
एस्ट्रिजेन लगाउने ।
मसाज जेल वा पाउडरले ५ मिनेटसम्म मसाज गर्ने ।
अनुहारमा पानीको बाफ दिने र डन्डिफोर सफा गर्ने ।
त्यसपछि एन्टिपिम्पल्स फेसप्याक लगाउने ।
फेसप्याकलाई २० मिनेटपछि पुछेर एस्ट्रिजेन लगाई डन्डिफोरयुक्त अनुहारमा मिल्ने क्रिम लगाउने ।

No comments:

Post a Comment