Wednesday, November 16, 2016

प्रजनन क्षमता कमजोरीका कारण prajanan kshyamata

Posted by: Naya Patrika May 31, 2016 

कम या बढी वजन
महिलामा निश्चित समयमा ज्यादै कम र ज्यादै बढी तौल भएर असन्तुलन भएमा पनि प्रजनन क्षमतामा असर पुग्छ । तौलमा असन्तुलन हुँदा शरीरमा हर्माेन असन्तुलन भई प्रजनन प्रक्रियालाई नै असर गर्छ । यस्तो अवस्थामा आमालाई मात्र नभएर बच्चालाई पनि असर पर्न जान्छ ।
लामो समय जिम या कडा व्यायाम
धेरै युवती आफ्नो शरीरिलाई स्लिम बनाउन जिम या कडा खालको व्यायाम गर्छन् । तर, लामो समय यस्तो व्यायाम गर्दा शरीरबाट धेरै शक्ति जान्छ, जुन शक्ति प्रजनन अवस्थामा महत्त्वपूर्ण हुन्छ ।
बढी कफी पिउँदा
कफी पिउने धेरै मानिसको सोख हुन्छ । तर, प्रजनन उमेरका महिलालाई यो सोख खतरनाक हुनसक्छ । कफीमा हुने क्याफिनका कारण महिलाको प्रजनन क्षमतामा कमी आउँछ ।
तनाव र दबाब
वयस्क महिलामा हुने सबैभन्दा ठूलो समस्या भनेको तनाव र दबाब हो । तनाव र दबाबमा कामकाजी महिलाहरू बढी पर्ने गर्दछन् । कार्यालय र घर दुवै सम्हाल्नुपर्दा उनीहरूले दुवै कुरा झेल्नुपर्ने हुन्छ । जसले गर्दा हर्मोन उत्पादनमा गडबडी भई रगत उत्पादनमा असर गर्छ । त्यसरी रगत उत्पादनमा हुने असरले प्रजनन प्रक्रियालाई सीधै असर गर्छ।
चुरोट सेवन
एक खिली चुरोटमा चार हजार प्रकारका रसायन हुन्छन् । ती रसायनमध्ये धेरैले शरीरमा हर्माेन उत्पादन गर्ने प्रक्रियालाई असन्तुलन गराइदिन्छन्, जसले महिलामा बाँझोपना गराउने सम्भावना बढी हुन्छ ।
 पाको उमेरमा विवाह गर्दा
पाको उमेरमा विवाह गर्दा पनि प्रजनन क्षमता कमी भइसकेको हुन्छ । सो समयमा शरीरमा अन्य समस्या (मधुमेह, उच्च रक्तचाप आदि) पनि हुन सक्छ । ३० देखि ३५ वर्षको उमेरमा महिलामा बढी नै हर्मोन उत्पन्न हुने गर्छ, जसले प्रजनन क्षमतालाई कमजोर गराउँछ ।

No comments:

Post a Comment