Wednesday, January 11, 2017

नपड्काउनुहोस् औँला

Posted by: nayapatrika January 16, 2016 

शरीरका हड्डी लिगामेन्टको सहयोगले एक–आपसमा जोडिएका हुन्छन् । औँला पड्काउँदा हड्डीका जोर्नीमा सीधै दबाब पर्छ । नियमित औँला पड्काउँदा पर्ने दबाबले आपसमा जोडिएका हड्डी बिस्तारै टाढा हुन थाल्छन् ।
औँला, घुँडा र कुहिनोको जोर्नीमा विशेष प्रकारको तरल पदार्थ हुन्छ । दुई हड्डी जोड्न ‘ग्रिस’को जस्तो भूमिका खेल्ने यो पदार्थले हड्डीलाई एक–आपसमा रगडिन दिँदैन । तरल पदार्थमा हुने कार्बनडाइअक्साइडले हड्डीबीचको खाली भागमा बुलबुले फोका पनि बनाएको हुन्छ । तर, जोर्नीमा धेरै दबाब दिएर औँला पड्काउँदा बुलबुल फुट्ने गर्छ । बुलबुल फुट्दा जोर्नी पड्किएको आवाज आउँछ । तपाईंलाई याद होला, एकपटक पड्काएपछि त्यही जोर्नी तत्काल अर्कोपटक पड्काउँदा आवाज आउँदैन । किनभने, बुलबुल फुटेपछि तरल पदार्थमा ग्यास घुल्न १५ देखि ३० मिनेट समय लाग्छ ।
पटक–पटक पड्काउँदा कमजोर बनेको हड्डीको जोर्नीमा आवश्यक पदार्थ नष्ट भएसँगै स्वास्थ्यमा समस्या निम्तिन थाल्छ । जोर्नी सुन्निने तथा गाँठागुँठी आउने गर्छ जसले ठूलै समस्या निम्त्याउन सक्छ ।

No comments:

Post a Comment