Wednesday, January 11, 2017

छोडिदिनुहोस् “स्मोकिङ” यस्ता हुन्छन् फाइदा


रक्तचाप सामान्य हुन्छ
चुरोट सेवन गर्नेहरूको रक्तचाप जहिले पनि उच्च हुन्छ । उच्च रक्तचाप शरीरका लागि अत्यन्त हानिकारक छ । चुरोट पिएको २० मिनेटमा शरीरको रक्तचाप तथा मुटुको धड्कन सामान्य अवस्थामा आउँछ । चुरोटमा हुने निकोटिनका कारण रक्तचाप बढ्छ । चुरोट पिउन छाड्ने हो भने यो सामान्य अवस्थामा आउँछ ।
मुटुमा समस्या देखिदैन
चुरोट सेवन गर्ने व्यक्तिमा हृदयाघातको सम्भावना अत्यधिक हुन्छ । नियमित चुरोट सेवन गर्ने व्यक्तिले चुरोट पिउन छाड्ने हो भने हृदयाघातको सम्भावना ५० प्रतिशतले कम हुन्छ । १० वर्षपछि फोक्सोको क्यान्सरको समस्या चुरोट पिउनेको भन्दा आधा कम हुन्छ ।
मस्तिष्क बढ्छ 
दुई–चार दिन मात्र चुरोट नपिउने हो भने शरीरले आफैँ अनावश्यक निकोटिनलाई बाहिर फाल्छ । चुरोटले मस्तिष्कमा सोझो असर पार्छ । चुरोट पिउन छाडेको केही दिनमै मस्तिष्क स्वच्छ हुन्छ, सक्रियता बढ्छ ।
अक्सिजन बढ्छ 
चुरोट पिउँदा अत्यन्त हानिकारक ग्यास कार्बनमनोअक्साइड शरीरमा जम्मा भएको हुन्छ । तर, चुरोट पिउन छाडेको १२ घन्टामा नै यसको स्तर घट्छ, अक्सिजन बढ्छ ।
 40  38  1
http://www.enayapatrika.com/2015/11/35743


No comments:

Post a Comment