Monday, January 9, 2017

तपाईंको दिमाग कस्तो ?

मान्छेको दिमाग दाँयाँ र बाँयाँ गरी दुई भागमा बाँडिएको हुन्छ । त्यसमा पनि हरेक व्यक्तिको एक पाटो अर्कोभन्दा बढी सक्रिय हुन्छ । दिमागको दाँयाँ र बाँयाँ मध्ये जुन पाटो बढी सक्रिय हुन्छ, सोहीअनुसार व्यक्तिको व्यवहार र सन्तुलन निर्धारण हुन्छ । कोही सानो–सानो कुरामा पनि तनावमा आउँछन्, कोही ठूलो समस्यामा पनि शान्त रहन्छन् । दिमागको सक्रियताअनुसार यस्तो हुने गर्छ । कुन व्यक्तिको दिमाग कस्तो भन्ने उसको स्वभावले जनाउँछ :

देब्रे दिमाग
देब्रे दिमाग बढी सक्रिय हुनेको मौखिक क्षमता निकै धेरै हुन्छ । यस्ता व्यक्तिको तार्किक शक्ति पनि मजबुत हुन्छ । देब्रे दिमाग बढी चल्ने व्यक्तिमा आफ्नो भावनालाई नियन्त्रण गर्न सक्ने र योजनाबद्ध तरिकाले चल्ने स्वभाव हुन्छ । यस्ता व्यक्तिको बोल्ने र लेख्ने क्षमता पनि राम्रो हुन्छ । गणित र विश्लेषणमा पोख्त हुन्छन् । बायाँ दिमाग सक्रिय भएका मानिस संसारमा २० प्रतिशत छन् ।
दाहिने दिमाग
दाहिने दिमाग बढी सक्रिय हुनेहरू खुला, सहज, भावनात्मक स्वभावका हुन्छन् । यस्ता व्यक्ति निकै रचनात्मक पनि हुन्छन्, गफगाफमा निपुण हुन्छन् । दाहिने दिमाग बढी चल्ने व्यक्ति निकै गहिरो विचार र भावनाले ओतप्रोत, संयोजन क्षमता र संवेदनशील स्वाभावका हुन्छन् । तर्क र गणितमा भने यस्ता व्यक्ति कमजोर हुन्छन् । दाहिने दिमाग बढी सक्रिय भएका मानिस संसारमा ७० प्रतिशत छन् ।
दुवै दिमाग
दाहिने र देब्रे दुवै दिमाग बराबर चल्ने व्यक्ति निकै बुद्धिमान् हुन्छन् । दुवै हातले लेख्ने व्यक्ति प्राय: यो कोटिमा पर्छन् । दुई हात बराबर चल्ने व्यक्तिको दिमाग पनि दुवै भाग बराबर सक्रिय हुन्छन् । आइन्सटाइन, न्युटनलगायत यो कोटिमा पर्छन् जो दुबै हातले लेख्थे । दुवै दिमाग सक्रिय भएका मानिस संसारमा १० प्रतिशत छन् ।

Posted by: nayapatrika February 14, 2016

No comments:

Post a Comment