Monday, January 9, 2017

सधैँ तन्दुरुस्त रहन

  • वयस्क व्यक्तिलाई दैनिक कम्तीमा १ दशमलव ५ देखि २ लिटर पानी चाहिन्छ । यसले शरीरमा छाला कोमल बनाउनुका साथै पाचनतन्त्रलाई सन्तुलित राख्छ ।
  • खाना खाँदा नुनको मात्रा कम गर्नुपर्छ । सामान्यत: एकजना मानिसले एक दिनमा ५ ग्रामभन्दा कम नुन खानु राम्रो हो ।
  • ताजा सागसब्जी, फलफूल, शाकाहारी खाना खानु राम्रो हुन्छ ।
  • आफ्नो तौललाई सधैँ सन्तुलित राख्नुपर्छ । तौल असामान्य छ भने शारीरिक व्यायाम र खानपानमा परिवर्तन ल्याउनुपर्छ ।
  •  वर्षमा कम्तीमा एकपटक सम्पूर्ण स्वास्थ्य जाँच गराउनुपर्छ ।
  • शरीरलाई स्फूर्त र चुस्त बनाउन नियमित व्यायाम तथा हिँडडुल गर्नुपर्छ । सामान्यत: एउटा व्यक्तिले कम्तीमा ४५ मिनेट हिँडाइ र ३० मिनेट व्यायाम गर्नुपर्छ । शारीरिक व्यायामका लागि अलग–अलग प्रकारको एरोबिक्स, पौडी, साइक्लिङ आदि गर्न सकिन्छ ।
  •  सबैभन्दा महत्त्वपूर्ण कुरा धूमपान तथा मद्यपानबाट टाढा रहनुपर्छ । नेपालमा धूमपानका कारण वार्षिक १७ हजार मानिसको ज्यान जाने गरेको छ ।
Posted by: nayapatrika January 29, 2016

No comments:

Post a Comment